Responsive Ad Slot

latest

कतार साईकल फेडरेशनद्वारा विश्व साईकल यात्रीलाई सम्मान I

Wednesday, March 28

/ by Admin BHOLA THAPA



रवि रोषी,
कतार  २८ मार्च ।।  कतार साईकल फेडरेशनले आयोजना गरेको खाडीस्तरीय साईकल दौड प्रतियोगिताको अवसरमा विश्व साईकल यात्री सौरभ दाहाललाई भारी सम्मान गरेको छ ।
कतारको लुसेल ट्रयाकमा भएको खाडीस्तरीय साईकल दौड प्रतियोगितामा ४ देशका २० जना भन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । गत शनिवार नेपाली समाजका अगूवा सागर नेपालले विश्व साईकल यात्री सौरभ दाहाल कतार आईसकेको जानकारी कतार साईकल फेडरेशनको कार्यालयमा गई जानकारी गराएपछि कतार साईकल फेडरेशनका जनरल सेक्रेटरी माजेद अहमद अल नायमीले दाहाललाई विशेष भेट र सम्मान गर्न बोलाएका हुन् । 

विश्व साईकल यात्रा अभियानको उद्येश्य के कारणले गरिएको हो भनी नायमीले टेलिभिजन सञ्चारकर्मीको रोहवरमा सोधिएको प्रश्नमा सवै बालबालिकाले समान शिक्षा पाउनुपर्छ, वातावरण स्वच्छ राख्न धुवाँ रहित साधन अर्थात् साईकल प्रयोग प्रयोग गर्नु पर्यावरण र स्वास्थ्य दुवैको लागि अति राम्रो हुने कारण बताएका थिए भने बुद्ध भारतमा जन्मिएको हो भन्ने भ्रामक दुष्प्रचार फैलाउँदै आएकोमा त्यो भ्रम मेट्न पनि आफुले विश्व यात्राको अभियान चालेको खुलासा गरे ।
विश्व साईकल यात्राको अनुभव र आफुले बाँड्दै हिँडेको सन्देश हरेक देशमा गएर अरुलाई दिँदा सन्देश कत्तिको प्रभावकारी रहेको छ त भन्ने प्रश्नको उत्तरमा दाहालले भने, मैले भ्रमण गरेको देशमा गएर सञ्चारकर्मी माझ सवैलाई मेरा भ्रमणको उद्येश्यहरु बताएको हुनाले मेरो सन्देशलाई उनीहरुले राम्रो पक्षको रुपमा लिएका छन् । विश्व भ्रमणक्रममा त्यस्ता के कस्तो अप्ठ्यारो तथा झण्झट बेहोर्नु पर्यो ? नायमीको प्रश्नमा उनले बताए, पाकिस्तानको भ्रमणक्रममा भारतीय सेनाहरुले गरेको सम्मान पत्र आफुसंग भएकै कारणले गर्दा पाकिस्तानीहरुले अपहरण गरी तीन दिन सम्म बन्दी बनाईएको घटना म कहिलै पनि भुल्न सक्दिन । पछि आफ्नो यात्राको उद्येश्य बताएपछि उनीहरुले बन्दी मुक्त बनाएको कुरा सुनाएका थिए भने भारतमा साईकल चोरी भएको हुनाले त्यहाँ दुख भोग्नु परेको तीतो पोखेका थिए ।
विश्व भ्रमणको क्रममा कतार आएकोमा नायमीले खुशी जताउँदै हामी पनि यो यात्रालाई सहज बनाउन केहि सहयोग गर्न चाहन्छौँ , बाँकी देशको भ्रमणको तयारी रहेको र त्यसको लागि त्यस्तो कस्तो सहयोग फेडरेशनले गर्न सक्छ त ? भन्ने प्रश्नमा दाहालले भने, विगत ४ बर्ष देखि एउटै साईकल प्रयोग गर्दै आएको हुनाले आफुलाई लामो दुरी यात्राको लागि प्रयोग गरिने साईकलको खाँचो रहेको बताए भने बाँकी खाडी राष्ट्रको भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए ।
विश्व साईकल यात्री दाहालको लागि पत्रकारसंगको रोहवरमा गरिएको उक्त कुराकानीको अवसरमा कतार साईकल फेडरेशनले पच्चीस सय अमेरिकी डलर साईकल खरिदार्थ दिने प्रतिबद्धता जनाएको छ भने विभिन्न खाडी राष्ट्रबाट सहभागी हुन आएका फेडरेशनका प्रतिनिधीहरुले पनि आआफ्नो देशको भ्रमणको लागि आफुले आर्थिक तथा अन्य क्षेत्रबाट भरमग्दुर सहयोग गर्ने आश्वाशन दिँदै याचनाको लागि जति सक्दो छिटो पत्राचार गर्न निर्देशन दिएका छन् ।
एक देशबाट अर्को देशको भ्रमण सहज बनाउन र सरकारी निकायबाट सुरक्षित भ्रमणको अवस्था सिर्जना गर्न सम्बन्धित देशको सञ्चारजगतले ठूलो भूमिका खेल्ने भएको हुनाले हाल सम्मकै ठूलो सञ्चार सहयोग कतारबाट पाउन सफल भएकोमा दाहालले कतारका सम्पुर्ण सञ्चारकर्मी तथा सञ्चारक्षेत्र प्रति आभार प्रकट गरेका छन् ।
साथै कतार साईकल फेडरेशनले आफ्नो विश्व भ्रमणलाई अति महत्वको साथ लिएर सहयोग गर्ने तत्परता देखाएकोमा धन्यवाद दिएका थिए भने यति ठूलो पहल गरी सहयोग गर्ने कतारका सामाजिक ब्यक्तित्व सागर नेपालले व्यक्तिगत रुपमा गरेको सहयोग सधैँ ऐतिहासिक र अव्वल रहने बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI