हरी कृष्ण न्यौपाने"

तामाङ धेदुङ कुवेतका अध्यक्ष राम बहादुर लामा"घलान"ले बताउनु भए अनुसार,शान्तिमायाको स्वास्थमा कुनै सुधार भएको छैन भने उनको घर-परिवार(अभिभाबक)को आर्थिक अवस्था पनि अति नै कष्ठकर हुँदै गएको छ।बुवा-आमा र परिवारका अन्य सदस्यहरुको प्रतक्ष निग्रानीमा र स्याहार सुसारमा रहेकी शान्तिमाया दोङलाई अझै पनि आर्थिक सहयोगको खाचो रहेको छ।उनको अभिभाबकहरुले कुवेतबाट सहयोग गर्ने नेपाली दुताबास,सम्पूर्ण सहयोगी नेपाली संघ-संस्था,ब्यक्ती बिशेषलाई धन्यवाद दिएका छन।पछिल्लो समय ४६१४०/- नेपाली रुपैया सहयोग गर्ने नेपाली दुताबास कुवेतका दित्तिय सचिब पुष्पराज भट्टराई, भुवन पौडेल तथा म्यानपावर ब्यबसायी टक्कर पाख्रिनलाई उनका परिवारले धन्यवाद दिएका छन।
स्मरण रहोस,शान्तिमाया दोङलाई स्वदेश फर्काउनको निमित्त नेपाली दुताबास,कुवेतमा रहेका नेपाली संघ-संस्थाहरु,ब्यक्ती बिशेषहरु,कुवेत सरकारले ठुलो सहयोग गरेका थिए।यता पहिलो पट्क शान्तिमाया दोङ कुवेतमै रहदा पनि तामाङ घेदुङ कुवेतका तर्फबाट ४० हजार एकमुस्ट शान्तिमायाको परिवारको लागि उनको जन्म स्थानमा गई बर्तमान अध्यक्ष रामबहादुर लामाले हस्तान्तरण गर्नुभएको थियो।त्यस्तै NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ,जनजाग्रिती युबा समाज कुवेतले शान्तिमायाको सहयोगार्थ रेश्मा सुनारलाई कुवेतमा ल्याइ सांस्कृतिक कार्यक्रम गरी ठुलो रकम सहयोग गरेको थियो भने अन्य कुवेतमा रहेका नेपाली संघ-संस्थाहरु र ब्यक्ती बिशेषले पनि सहयोग गर्नु भएको थियो।