Responsive Ad Slot

latest

किरात राई यायोक्खा कतारको चौथो साधाराणसभा सम्पन्न (फोटो फिचर सहित ) I

Monday, March 26

/ by Admin BHOLA THAPA
धिरज चाम्लिङ्ग,
दोहा कतार, २६ मार्च । शुक्रवार २३ मार्च २०१२ का दिन किरात राई यायोक्खा कतारको चौथो साधाराणसभा दोहाको टपफर्म रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ । “जाती, भाषा, क्षेत्र संघियताको आधार, किरात स्वायत हाम्रो अधिकार” भन्ने मुल नाराका साथ किराया कतारका अध्यक्ष चन्द्रसेर राइको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष मान बहादुर साँवा लिम्बु, बिशेष अतिथि नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका संस्थापक अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार अमृत गुरुङ्ग र अर्का बिशेष अतिथि किराया कतारका प्रमुख सल्लाहकार रकम ध्वज राई रहेका थिए।


प्रमुख अतिथि मान बहादुर साँवा लिम्बु र बिशेष अतिथि अमृत गुरुङ्गद्धारा संयुक्तरुपमा व्यानर अनावरण गरेपछि चौथो साधारणसभाको प्रतिककोरुपमा राखिएको ४ वोटा द्धिप मैन बत्ती प्रज्वलन पनि संयुक्तरुपमा गर्दै प्रथम चरणको खुल्ला सत्र कार्यक्रम औपचारिकरुपमा प्रारम्भ गरिएको थियो, त्यसपश्चात, राष्ट्रको सम्झनामा राष्ट्रिय गान गाइएको थियो र उपस्थित सम्पूर्ण महानुभावहरुलाई किराया कतारका उपाध्यक्ष दिपक राइले स्वागत मन्तव्यद्धारा स्वगात गरेका थिए ।


प्रमुख अतिथि लिम्बुले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा, ‘बैचारिकरुपमा हामी जहा रहेपनि आफ्नो जातीय अस्तित्व र पहिचानलाई बचाउनको निम्ति एकजुट भएर अगि बढ्नु पर्ने धारणा राख्दै, बिचार बदल्न सकिन्छ तर आफ्नो जातलाई बदल्न नसकिने भएकोले आफ्नो जातीय पहिचानलाई बचाउन र उत्थान गर्नको लागि आदिवासी जनाजातिहरुलाई सक्रिय भएर लाग्न सुझाब दिए ।


त्यस्तै अर्को प्रसंगमा, आदिवासी जनजातिहरुको हक अधिकारलाई अब बन्न लागेको संबिधानमा सुनिश्चित गराउन आदिवासी जनजाती सभासदहरुको संगठन ‘ककस’ ले खेलिरहेको भूमिकाको प्रशंसा र राज्यको चरित्र प्रति शंका व्यक्त गर्दै प्रवासमा रहेका आदिवासी जनजाति संगठनहरुले राज्यलाई दबाब दिरहनु पर्ने बताए।


बिशेष अतिथि गुरुङ्गले, ९ ‘राज्यले आदिवासी जनजातिहरुको हक अधिकारको बिषयमा गम्भिरता नदेखाएको हुनाले अब वार की पारको लडाई लड्नु पर्ने कुरा राखे १’ र अर्का बिशेष अतिथि राइले –‘जाति, भाषा र क्षेत्रको आधारमा अब बन्ने संबिधान बन्नु पर्छ भन्दै किरात स्वायत प्रदेश किरात राइहरुको बटम लाइन भएको कुरा बताए ।


अन्य अतिथिहरु किरात याक्थुंग चुम्लुङ्ग कतारका प्रतिनिधि लिलाहांग लावती, तमु बौद्ध सेवा समिति कतारका अध्यक्ष बिमल तमु, नेपाल प्रवासी मगर संघ कतारका अध्यक्ष भीम तरामु मगर, नेपाल प्रवासी तामाङ्ग सेवा समिति कतारका अध्यक्ष शंकलाल तामाङ्ग, थारु कल्याणकारिणी सभा च्याप्टर कतारका प्रतिनिधि भगवती प्रसाद थारु, सुनुवार सेवा समाज कतारका अध्यक्ष राम बहादुर सुनुवार, नेपाल प्रवासी भुजेल सेवा समाजका अध्यक्ष हेमन्द्र खवास, नेपाल प्रवासी दराई सेवा समाज कतारका उपाध्यक्ष बाले दराई, नेवा पुचस् कतारका अध्यक्ष राधेश्याम महर्जन, नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारका अध्यक्ष कृष्ण क्षितिज राई, अनेसास कतार च्याप्टरका अध्यक्ष हेमन्त परदेशी, आरम्भ नाट्य डबली कतारका उपाध्यक्ष उद्धव राई, किराया सल्लाहकार अमृत राई, बुद्धिजिबी राजेन्द्र राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


कार्यक्रम सचिब धिरज चाम्लिंगले संचालन गरेका थिए भने संस्थागत कार्यप्रगति विवरण सह९सचिब तिर्थ संगम राइले पढेर सुनाएका थिए र आर्थिक प्रगतिविवरण कोषाध्यक्ष दिपेन्द्र राइले प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा किराया कतारलाई विभिन्न समयमा सहयोग र योगदान पुर्याउने व्यक्तिहरुलाई कदर पत्र र प्रशंसा पत्रद्धारा सम्मानित गरिएको थियो । कदर पत्र प्राप्त गर्नुहुनेहरुमा रकम ध्वज राई, छपन्न माया राई, विक्रम चेतनशील राई, जनक बाम्बुले राई, अमृत कुमार राई, अनुपा राई, कृष्ण क्षितिज राई, भरत राई र सुमन राई लगायत थिए भने, प्रशंसा पत्र प्राप्त गर्नेहरुमा लक्ष्मी राई, पदम राई, ओमकर्ण राई, रन्जु गुरुङ्ग, मंजु गुरुङ्ग र जुनी नेपाली थिए ।


दोश्रो चरणको बन्दसत्र कार्यक्रमले धिरज चाम्लिङ्ग राईको अध्यक्षतामा सदस्य पछि मनोनयन गर्ने गरि २२ सदसीय नया कार्य समिति सर्वसम्मतबाट निर्विरोध चयन गरेको छ ।


अध्यक्ष धिरज चाम्लिङ्ग राई , प्रथम उपाध्यक्ष – दशरथ बाहिंग राई, द्धितिय उपाध्यक्ष – किशन चन्द्र राई, महासचिब – तारा बहादुर राई, सचिब – देवराज राई, कोषाध्यक्ष – डिक बहादुर राई ९रोबिन०, सह कोषाध्यक्ष – रत्न राई, सदस्यहरु स् तिर्थ संगम राई, उद्धब राई, राजेन्द्र राई, युगयोगी राई, उज्वल राई, राम बान्तवा राई, डिल्ली राज राई ९दुर्गा०, अशोक राई, बसन्त राई, केशर राई, हर्क प्रसाद राई, हिरामान राई, कार्यलामा राई, श्रीमती लक्ष्मी राई र श्रीमती अनुपा राई रहेका छन् ।






Don't Miss
© all rights reserved
made with by netKUTI