राम बहादुर धामी
तनहुँ, १४ चैत । तनहुँको खैरेनीटारमा जारी चौथो खैरेनीटार महोत्सवमा हाल सम्म १ करोड २० लाखको आर्थिक कारोबार भएको छ । महोत्सवको आज पाचौं दिन सम्म १ करोड २० लाखको आर्थिक करोबार भएको महोत्सव मुल समारोह समितीका प्रचार प्रसार संयोजक समुन्द्रराम श्रेष्ठले बताउनुभयो । त्यस्तै अहिले सम्म १ लाख १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको चौथो दिन गत सोमबार ३० लाखको आर्थिक कारोबार र ३० हजार दर्शकाले अवलोकन गरेको आयोजकले जनाएको छ । त्यसैगरी आज महोत्सवमा ३० लाखको आर्थिक कारोबार र ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।
जिल्लाको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक एवं धार्मिक स्थानहरुको प्रचार प्रसार गरी नयाँ सम्भावनाको खोजी गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक एवं खेलकुद गतिविधीलाई अगाडी बढाउने उद्देश्यले संचालित महोत्सवबाट महोत्सव अवधिभर २ करोडको आर्थिक कारोबार र ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गरेको छ ।