Responsive Ad Slot

latest

पहिचानको आधारमा राज्यपुर्नसंरचनाको माग I

Sunday, March 11

/ by Admin BHOLA THAPA
सन्त कुमार चौधरी
चितवन २८ फागुन । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखि ‘ थारु ’ले पहिचानको आधारमा राज्यको पुर्नसंरचना नभए जुनसुकै मूल्य चुकाउन पनि आदिवासी जनजातिहरु तयार रहेको वताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार संघ चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लेखिले पहिचानको आद्यारमा राज्यको पुर्नसंरचना नभए मुलुकले ठुलो क्षती बेहोर्नुपर्ने चेतावनी दिनुभयो । ‘हामी सिंगो नेपाललाई अखण्डीत बनाउन चाहन्नौं उहा“ले भन्नुभयो – तर चितवन अखण्डीत बनाउ“छौं, सुदुर पश्चिम अखण्डीत बनाउछौं भन्दै हिडेका तीन ठुला राजनीतिक दलको शिर्षनेताहरुको भनाई बकवास हो ।

अहिले तीन ठुला दल र मधेशी दलका शिर्षनेताहरु संविद्यान विघटनका लागि सक्रिय बनेर लागेको समेत उहा“ले आरोप लगाउनुभयो । तोकिएको समय भित्र संविद्यान निर्माण नभए यो देश ठुलो दुर्घटनामा जाने उहा“को तर्क थियो ।
त्यसको जिम्मा तीन ठुला दलका शिर्षनेता र मधेशीदलहरुले लिनु पर्छ उहा“ले भन्नुभयो । झुटो आश्वासन दिएर सर्वसाधरणलाई ढा्टन बानि परेका राजनीतिक दलका नेताहरु अब पछुताउनुपर्ने छ ।‘शान्ति र संविद्यान अर्जन दृष्टि भनेर झुटो आश्वास बाड्दै हिडेका एमाले अध्यक्ष झलनाथ खनाल अहिले डा. बाबुराम भट्टराईले झुटो बोल्न थालको छ ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष पदमवहादुर गुरुङले चितवनका राजनीतिक दलहरुले आदिवासी जनजातिहरुको भावनालाई कुल्चीएर आन्दोलन गरेको आरोप लगाउनुभयो । हिजो भरतपुरमा आयोजना गरिएको विरोध सभामा आफुहरुलाई राजनीतिक दलहरुले नसम्झीएका कारण जनजातिहरुको भावनालाई कुल्चीएको उहा“को भनाई थियो । 

उहा“ले पहिचानको आद्यारमा राज्यको पुर्नसंरचना नभए नारायणी प्रदेशमा चितवनका आदिवासीहरु अट्न नसक्ने समेत प्रष्टपार्नुभयो । कार्यक्रम आदिवासी जनजाति पत्रकार संघ चितवनका अध्यक्ष सन्तकुमार चौधरीको अध्यक्षतमा सम्पन्न भएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI