दिपेन्द्र पौडेल
आस्वासन र सर्मथन सवैको रहे पनि सहयोग भने कसैको नभएकोले गाउँलेहरुवाटै सहयोग संकलन गरेर श्रमदान लिएर करिब २ लाख १५ हजार बरावरको लगानीमा मन्दिर निमाण गर्न लागिएको बाराही देवी व्यवस्थापन समितीका कोषाध्यक्ष लोकनाथ वाग्लेको भनाईरहेको छ । गाउँभरका मानिसहरुले पानी खाने मुहानमा माछाको रुपवाट देवी प्रकट भएको र बेला बखत पानी एकै पटक ह्वाल ह्वाल पलाउने र च्याप्प सुक्ने हुदा आफु छक्कै परेको भनाई रहेको मनपाङ् ६ की रिमा थापाको । मन्दिरको प्रचार प्रसारमा सहयोग गरी मनपाङ गा.वि.सलाई धार्मिक तथा एतिहासिक पर्यटकीय ठाउँ बनाउका लागि सवैले सहयोग गर्न आग्रह गर्नुहुन्छ रत्न मा.वि मनपाङका शिक्षक उपेन्द्र आलेको ।।
थर्पुबजारवाट करिव साढे २ किलोमिटरदुरीमा सो शिद्धी बाराही देवी प्रकट भएको ठाँउ भन्दा करिब १०० मिटर तल शिद्ध झाकी सुन गुफा रहेको छ । जस्को प्रवेश द्धार साधुरा छ । भित्र पस्नका लागि अलि कठिनाई रहेपनि जब भित्र छिरे पछि करिब ६० जना मानिसहरु एकै पटक बस्न र उभिन मिल्छ । भित्र एउटा शिला रहेको छ जुन शिलालाई एक पटक उज्यालो दियो भने करिब ५ मिनेट सम्म त्यो सिला उज्यालो रहन्छ । विभिन्न चित्रकारले मेहनत बनाएका चित्र र मुत्रिकारले कुदेको मुत्रिहरु भन्दा कम छैन त्यहाँ भित्रका विभिन्न आकृतीहरु । शिव, पार्वती, राम लक्ष्मण, सिता, लगायत विभिन्न देवीदेवता तथा विभिन्न जनावरको आकृतीहरु त्यस गुफा भित्र देख्न सकिन्छ । गुफा भित्रै एउटा सिला रहेको छ जुन सिलामा लौरीले हान्यो भने त्यो बाजा जस्तै बज्ने गर्दछ ।
यस गुफाको राम्रो प्रचार प्रसार हुन सके पर्यटकीय केन्द्रको रुपमा विकास हुने स्थानीय बासी टेक बहादुर हमालको भनाई रहेको छ । यसरी पर्यटकीय र धार्मिक दुवै तर्फवाट महत्वपुर्ण मान्न सकिने यस स्थलको विकासका लागि हाम्रो भुमिका के रहन्छ त । हामीले जाहाँवाट जे गर्न सक्छौँ त्यही गरौँ र धार्मिक तथा पर्यकीय क्षेत्रहरुको विकासमा लागौँ ।।