एजेन्सी १२ चैत ।
अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा सडक किनारामा राखिएको एक बम विस्फोट हुँदा एक पूर्व सांसदका साथै कम्तीमा ५ जनाको मृत्यु भएको प्रान्तीय प्रवक्ता सइद हमदर्दले बताउनु भएको छ । उहाँले दाह याकमा पिकअप ट्रकमा बम पड्किदा हाजी खाइरो तथा चार प्रहरीको मृत्यु भएको जानकारी दिनुभयो ।
प्रान्तका सुरक्षा प्रमुख गुलाब खानले एक सांसद, एक आदिवासी प्रौढ तथा दुई अङ्गरक्षकको मृत्यु भएको बताउनुभयो । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।