हावाहुरीका कारण बरभन्ज्याङ गाविसमा करिब ५० घरको छानो उडायो, सडकमा रहेको कार रुख डलेरल पुरा क्षती
पवन पौडेल
तनहुँ बैशाख ९ । आज दिउँसो हावाहुरीले तनहुँको बरभन्ज्याङ गाविसको सेपावगैंचा,बारीफाँट। बाड्डेरह लगायतका स्थानमा ठुलो संख्यामा स्थानियको घरको छानो उडाएको छ । हावाहुरीले बारीफाँटमा १० घर र सेपावगैंचामा पनि करिब १० वटाजति घरको सबै छानो उडाएको स्थानिय सान्ता थापाले जानकारी दिनुभयो ।
साथै बाड्डेरह स्थित सडकमा रोकी रहेको कारलाई हावा हुरीको कारण रुख डल कार पुरा क्षत्ती भएको तर मानविया क्षत्ती चाहाी नभएको जानकारी आएको छ साथै निम्न माध्यामिक विधालयाको टिन पनि पुरा हावा हुरीबाट उडाई क्षत्ती भएको छ ।
यसबाट ठुलो परिमाणमा क्षति भएको भएपनि त्यसको यकिन अनुमान भने अहिल्यै गर्न नसकिने उहाँको भनाई छ । निकै तीव्र गतिमा आएको हावाहुरीले धेरै घरमा क्षति पुर्याएको र कतिपय घरमा आँंशिक रुपमा क्षति पुर्याएको उहाँको भनाई छ । हावाहुरीसंगै असिनापानी पनि परेपनि खेतबारीमा लगाएको बाली नउम्रेकाले कुनै क्षति भने नभएको स्थानियले बताएका छन्