Responsive Ad Slot

latest

गतबर्ष फ्रिज अहिले निर्माण

Wednesday, April 25

/ by Anonymous
कपिल ज्ञवाली
बुटवल बैसाख १३
गत बर्षबाट शुरु भएको बुटवलको पशु बधशाला
निर्माणको सिभिल काम सकिएकोे छ । करिब २ कर

ोडको लगानीमा निर्माण शुरु गरिएको
बधशालामा अहिले चारैतिर पर्खाल लगाउने ,
मार्बल बिच्छ्याउने,तथा वाईरिङ्का काम
लगभग सकिएको छ । गतबर्ष समयमा निर्माण गर्न
नसक्दा करिब १ करोड ८० लाख रकम फ्रिज भएको
थियो । जग्गाको बिषयमा लामो समयसम्म कुरा
नमिल्दा बुटवलमा बधशाला निर्माण हुन सकेको
थिएन । बुटवल १२ रामनगर धागो कारखानाको
पुर्वपट्टी तीन कठ्ठा जग्गामा अहिले पशु
बधशाला अन्तिम निर्माणको काम चलिरहेको छ ।
बधशाला निर्माणको काम अहिले अन्तिम चरणमा
पुगेको हो । शहरी वातावरणका लागि सार्वजनिक
निजि साझेदारी कार्यक्रम अन्तर्गत बुटवलमा
पशु बधशाला निर्माण थालिएको थियो ।
बधशाला निर्माणका लागि पशुपक्षी बजार प्रवद्र्धन
निर्देशानालयले १ करोड २० लाख र नगर
पालिकाको ६० लाखको लागतमा निर्माण कार्य तिव्र
पारिएको हो । बुटवल नगरपालिकाले ६० लाखको

लागतमा
बधशालाको
चारैतिर
पर्खाल
निर्माण सम्पन्न गरिसेको छ । भने पशुपक्षि बजार
को ४२ लाख बजेटले भैसी रांगा बधस्थल
निर्माण सम्पन्न भएको नगरपालिकाका
ईन्जिनियर गौतम रोनियारले बताए । भैसी र
ांगा बधस्थल निर्माण भईसकेपनि अन्य प्र
ाविधिक कामहरु ढल नालीका काम बाकी रहेकोले
निर्माण कार्य जारी छन् । नगरपालिकाले जग्गा
अभावमा समयमा काम शुरु गर्न नसक्दा अघिल्लो
आर्थिक बर्षमा कृषि मन्त्रालयको करिव एक करो
ड १५ लाख र बुटवल नगरपालिकाको ६५ लाख बर
ाबरको बजेट त्यसै खेर गएको थियो । लामो
समयदेखि चर्चामा रहेको पशु बधशाला निर्माण
लगभग सकिएको ईन्जिनियर गौतम रोनियारको
भनाई छ । रौनियार भन्छन् –‘निर्माण
पूर्णरुपमा सकेपछि विज्ञले अनुगमन गर्नुर्छि
अनिमात्र संञ्चालनमा आउछ ।’
अग्लो टीनले छाएको टहरो र बाहिरबाट सेतो

रंगले सजाईएको बधशालाको नगरपालिकाले
ब्यवस्थापन गरेर संचालन गर्ने बुझिएको छ ।
बधशालामा जाने निकासको बाटो भने अहिले
ब्यबस्थित छैन । बुटवलमा पशु बधशाला निर्माण
नहुदा नगरवासिले बषौं देखि अस्वस्थ मासु खान
बाध्य भएका छन् । पशु बधशाला निर्माण हुने
हो भने उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड
गर्नेहरुलाई ऐनले तोके अनुसार नै कारवाहि
गर्न सकिने नगरपालिकाका अधिकृतहरु बताउछन् ।
अब्यवस्थित रुपमा खुल्लारुपमा पशुको बध गर्दा
फोहोर हुनुका साथै विभिन्न रोगहरुको समे
त खतरा बढ्ने चिकित्सक बताउछन् ।बुटवलमा
बधशाला नहुदा ब्यवसायिहरुले पशु चौपायाहरु
,पारि बुटवल, बसपार्क, गोलपार्क ,देविनगर,
ईट्टाभट्टी, हाटबजार लगायतका शडक छेउका
खुल्ला ठाउमा काट्दै आईरहेको छन् ।
खुल्लारुपमा पशुको बध गर्दा नगरबासिले अस्वस्थ
मासु खान परेको उपभोक्ताहरुको गुनासो छ ।

बुटवल नगरमा दैनिक ८ हजार किलो मासु खपत
हुने गरेको छ । बधशाला संचालनको तयारीमा
रहेकाले अब स्वस्थ मासु उपभोग गर्न पाईने
बुटवल १२ रामनगरका भरत अधिकारीको बिश्वास
छ।
Don't Miss
© all rights reserved
made with by netKUTI