
जापानबाट धार्मिक पर्यटक र अन्य पर्यटक भ्रमणका लागि आउने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार रामरिझन यादवले जानकारी दिनुभयो । जापानले नेपालको आर्थिक विकासका लागि गर्दै आएको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले जलविद्युत, सडक निर्माण, लुम्बिनीको विकासको क्षेत्रमा सहयोगको अपेक्षा रहेको बताउनु भयो । जापानी परराष्ट्रमन्त्रीले नेपालमा चलेको शान्ति र संविधान निर्माण प्रक्रियाको सफलताको शुभकामना दिनुभयो । उहाँले आर्थिक विकासको लागि नेपाललाई सँधै सहयोग गर्न जापान इच्छुक रहेको पनि बताउनुभयो ।
आज जापानका विदेशमन्त्री कोइचिरो गेम्बाले राष्ट्रपति डा रामवरण यादवसँग पनि भेट गर्नु भएको छ । भेटमा नेपाल-जापान सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । सिआईएन