Responsive Ad Slot

latest

आगामी असार दोस्रो साता मिस मगर पोखरा २०१२ हुने I

Saturday, April 21

/ by Admin BHOLA THAPA
मीना थापा मगर
 ९ बैशाख पोखरा ।नेपाल मगर संघ कास्कीको आयोजना तथा रिवर्थ इभेन्ट म्यानेजमेन्टको व्यबस्थापनमा आगामी असारमा मिस मगर पोखरा २०१२ हुने भएको छ । मगर जातिको भाषा संस्कृति, परम्परा, रितिरिवाज, भेषभुषाको प्रचारप्रसार एव्म प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको बताइएको छ । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एस एल सी सम्मका शैक्षिक योग्यता भएका १६ वर्ष देखि २४ वर्ष उमेर समुहका करिब ३० जना युवतीहरुले सहभागिता जनाउन पाउनेछन् ।

प्रतिभायुक्त तथा सक्षम मगर युवति बन्न यो प्रतियोगिताले थप अवसर दिने कोरियोग्राफर सुरज थापाको भनार्इँ छ । प्रतियोगिताका लागि आवेदन फारम भोलिदेखि खुल्ला गर्ने र जेठ ५ गतेबाट छनौट प्रक्रिया शुरु गर्ने कार्यक्रम संयोजक नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर राना मगरले बताउनुभयो । सहभागीहरुलाई ४ हप्तासम्म विभिन्न विधाहरुमा तालिम दिइएपछि असार ९ गते फाइनल कार्यक्रम गरिने जनाएको छ ।
प्रतियोगिताका विजेताले उपाधीसँगै २५ हजार नगद रूपैयाँ,  फस्ट रनर अप र सेकेण्ड रनर अपले उपाधीसँगै क्रमश ः १५ हजार, १० हजार नगद रूपैयाँसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त ग र्ने छन् साथै विभिन्न विधामा पनि उत्कृष्ट हुने प्रतियोगिलाई समेत आकर्षक उपहार उपलब्ध गराइने छ ।

प्रतियोगिताले मगर युवतीहरुको व्यक्तित्व विकास, नेतृत्व विकास तथा बौद्धिक क्षमता अभिवुद्धि गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।  प्रतियोगिता सम्पन्न गर्न करिब रु पाँच लाख ५५ हजार रुपैया खर्च लाग्ने र पाँच लाख ६५ हजार रुपैया आम्दानी गर्ने आयोजकले लक्ष्य राखेको छ । उक्त कार्यक्रमबाट बचेको रकम अनाथ, बृद्धाश्रम र सामाजिक कार्यमा लगाइने संयोजक पूर्ण बहादुर रानाले बताउनुभएको थियो ।

 कार्यक्रममा, रिवर्थ इभेन्ट म्यानेजमेन्टका अध्यक्ष अरुण दर्लामी, अर्थ निर्देशक शिव थापा मगर, मिस मगर २०११ का विजेता अनु थापा मगरले प्रतियोगितालाई सफल बनाउन सबैसँग आग्रह गर्दै आ–आफ्नो भनाइहरु राख्नु भएको थियो ।

गत वर्ष प्रथम मिस मगर पोखरा–२०११ पछि यो दोस्रो मिस मगर पोखराको आयोजना गर्न लागिएको हो । रिवर्थ इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन तथा विभिन्न जिल्लाका मगर संघ तथा भातृ संघहरुको आयोजनामा विभिन्न स्थानमा मिस मगर कार्यक्रम सम्पन्न भइसकेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI