धर्मिन्द्रा
शाह । बाँके, बैशाख ४ । बाँकेको कालाफाँटा ५ सुतैयामा सोमबार दिउँसो भिषण
आगलागी भएको छ । मध्यान्ह ३ बजेबाट सुरु भएको आगलागीबाट साँझ ८ बजेसम्म ८०
घर जलेर नष्ट भैसकेको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ ।
स्थानीयवासि तैयत खांको गोठबाट सुरु
भएको आगलागी समाचार तयार पारुन्जेल सम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
आगलागी नियन्त्रणको लागि स्थानीयबासीको प्रयासबाट केही नलागेपछि नेपाल
प्रहरीलाई खबर गरिएको थियो । खबर पाएको केही बेरमै आगलागी नियन्त्रणको
लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी पुगेका थिए । खटिएका प्रहरीले आगलागी
नियन्त्रण गर्ने प्रयास जारी राखेपनि आगलागी नियन्त्रण बाहिर रहेको जिल्ला
प्रहरी कार्यालय बाँकेका नायब प्रहरी उपरिक्षक उदय तामाङले जानकारी दिएका
छन् । घटना लगत्तै नेपालगन्जबाट भारतीय बाटो हुँदै घटनास्थल तर्फ हिँडेको
दमकल समाचार तैयार पार्दा सम्म घटना स्थल पुगेको छैन ।
