एजेन्सी ७ बैशाख । श्रीलंकामा आज एउटा पोथी कुखुराले अण्डा नै नमारी सिँधै चल्ला जन्माएको छ । श्रीलंकाको पहाडी क्षेत्रमा बसोबास गर्दै आएका रञ्जित एकानायकेले पालेको पोथी कुखुराले चल्ला जन्माएको हो । घरमा पालिएको ६ वटा पोथी कुखुरामध्ये ५ वटाले नियमित अण्डा पार्दै आएपनि एउटा कुखुराले भने पारेको थिएन । त्यही अण्डा नपार्ने कुखुराले भने चल्ला जन्माएको हो ।
कुखुराले जन्माएको चल्ला पूर्ण विकसित र स्वस्थ रहेपनि चल्ला जन्माउने कुखुरा भने मरेको छ । चिकित्सकले भने प्रजनन प्रक्रियामा अण्डा विकसित भएको र त्यो अण्डा बाहिर निस्किन नसकी २१ दिनसम्म कुखुराको शरीरमै रहेर चल्ला जन्माएको हुनसक्ने जनाएका छन् । dcnepal.com