Responsive Ad Slot

latest

संविधानका विवाद टुङ्ग्याउन चार शक्ति साढे ४ बजे बैठकमा

Monday, May 21

/ by Admin BHOLA THAPA
काठमाडौँ, जेठ ८ - संविधान जारी गर्ने म्याद ६ दिन मात्रै बाँकी रहँदा बाँकी रहेका विवादहरुमा सहमति खोज्न प्रमुख तीन दल र मधेसी मोर्चाबीचको बैठक अपराह्न बस्दैछ। यसअघि राष्ट्रपति रामवरण यादवसितको भेट लगत्तै विशेष समिति सचिवालयमा बसेको बैठक अपराह्न बस्ने गरी स्थगित भएको थियो।

आदिवासी-जनजातिहरुसँग वार्तामा बस्नका लागि उनीहरुले बैठक सारेका हुन्।

दलहरुबीच गत जेठ २ गते प्रमुख तीन दल र मधेसी मोर्चाबीच संविधानका सबै विवादित विषयमा सहमति भएको भनिए पनि आदिवासी-जनजाति र वृहद् मधेसी मोर्चाको विरोधपछि यसमा असहमति देखा परेको छ। नाम र सीमाङ्कन बिना ११ प्रदेश बनाउने सहमति त्यतिबेला भए पनि ३२० सभासदले हस्ताक्षर गरी त्यसमाथि पुनर्विचार गर्न दबाब दिइसकेका छन्।

प्रदेशको विवादमा असहमति भए शासकीय स्वरुपमा पनि कङ्ग्रेसले संसदीय मै जाने र माओवादीले राष्ट्रपति मै जानुपर्ने अडान राख्न थालेका छन्। यी विवादका बीच सहमति जुटाउन चार शक्तिको बैठक अपराह्न साढे ४ बजे बस्ने नेपाली कङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।
Don't Miss
© all rights reserved
made with by netKUTI