
स्काई ट्रीको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा आएको छ। यो चीनको ६ सय मिटर अग्लो क्यान्टोन टावर भन्दा अग्लो छ। त्यस्तै विश्वको सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खलिफाको उचाई ८ सय २८ मिटर भए पनि यसलाई टावर मानिन्न।
स्काइ ट्रीको प्रयोग पर्यटकलाई आकर्षित गर्नुका साथै टेलिभिजन र रेडियोको ब्रोडकास्ट टावरका रुपमा प्रयोग गरिने छ। यसले सन् १९५८ देखि जापानको सबैभन्दा अग्लो टावरका रुपमा रहेको ३ सय ३३ मिटर अग्लो टोक्यो टावरलाई विस्थापित गरेको छ।