
कार्यक्रममा नेपाली कांगेसका युवा नेता बहादुर िसंह तामाङ्गले नेपालको अहिलेको समसामायिक राजनितीको बारेमा चर्चा गर्नुको साथै नेपाली कांग्रेसले अहिले राज्यसत्तामा खेल्नु पर्ने भूमिकाको बारेमा प्रष्ट पारेका थिए । उनले नेपाली कांग्रेसले सबै समुदायलाई समेटेर लैजानु पर्ने र अन्तिममा सबै पार्टीहरु नेपाली कांग्रेसको एजेण्डामा आए मुलुकले छिट्टै नै निसकास पाउने विश्वसा प्रकट गरे । उनले यूएईमा नेपाली कांग्रेसको भातृसंगठन जनसम्पर्क समितिले गरेको संगठन विस्तार र संगठनले गरेका कामकारबाही प्रति मुक्त कण्ठले खुलेर प्रसंसा गरे ।
उनले भने नेपाली कांग्रेसले अघिसारेको राज्यपुनसंरचना सम्वन्धी ऐजेण्डा नै ठिक भएको आफ्नो बिचार राखेका थिए । उक्त कार्यक्रममा केन्द्रिय समितिका सभाति केसिले यूएईको जनसम्पर्क समितिको बारेमा चर्चा गर्नुकासाथै नेपालमा भईराखेको जातीजाती बिचको आपसी द्धण्दले मुलुकले निकास नपाउने र यही अवस्था रहिरहनेहो भने मुलक आन्तरिक द्धण्दमा फस्ने र नेपालमा कहिल्यै पनि शान्ति नहुने जनाए ।
उक्त अवसरमा यूवा नेता वहादुर तामाङ्गलाई जनसम्र्क समिति यूएईले स्वागत तथा सम्मान पनि गरेको थियो । उनी तामाङ्ग समाज यूएईले आयोजना गरेको बुद्ध जयन्तिको कार्यक्रममा भाग लिने सिलसिलामा यूएईको भ्रमणमा आएका थिए ।