ज्याकम चौधरी, लहान ,जेष्ठ ७
वृहत मधेसी मार्चा तथा आदीवासी जनजाति
संयुक्त संघर्ष समिति सिरहाले आह्वान गरेको बन्दका कारण सिरहा , सप्तरी
लगायत जिल्लको जनजीवन प्रभावित भएको छ । बन्दले गर्दा सिरहा सदरमुकाम र
लहानको बजार तथा पसलहरु बन्द छन् । काठमाडौबाट आएका सयौ यत्रुवाहक बस र
मालबाहक ट्रकलाई भने गन्तव्यतर्फ पठाइएको छ । यात्रुहरु अलपत्र भएकोले
मानवअधिकारकर्मी तथा संचारकर्मीहरुको विशेष आग्रहमा आज एक पटकका लागि
लहानमा रोकिएको सवारी साधनहरुलाई पूर्वतर्फ पठाउन आन्दोलनरत पक्ष र सिरहा
सुरक्षा निकायवीच सहमति भएपछि यात्रु र सवारीका साधन आफ्नो गन्तव्य तर्फ
लागेका छन् । आन्दोलनको क्रममा आफ्ना दुई कार्यकार्तालाई रिहा गर्नुपर्ने र
सिरहा जिल्लाकै नाकामा यातायातका साधन रोक्न प्रहरीले पहल गर्नुपर्ने
कुरामा समेत सहमति भएको वृहत मधेसी मोर्चा सिरहाले जनाएको छ ।