व्यवसायीले प्रहरी बिट जलाए
चाँदनी हमाल, चितवन, जेठ २४
जानकारीविनै छापामार्न आएको आन्तरिक राजश्व कार्यालयका पदाधिकारीले घुस मागेको भन्दै नारायणगढका व्यवसायीहरु प्रदर्शनमा उत्रिँदा नारायणगढमा प्रहरीले गोली चलाएको छ। प्रदर्शनका क्रममा व्यवसायीहरुले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले सुरक्षाका लागि रबरको गोली प्रहार गरेको हो।
तनावग्रस्त बनेपनि गोली भने कसैलाई लागेको छैन्। नारायणगढको लक्ष्मीनारायण वस्त्रालयका छापामार्न पुगेको आन्तरिक राजश्व कार्यालयका पदाधिकारी र व्यवसायीबीच विवाद भएपछि तनावको अवस्था आएको हो। जानकारी नै नदिई छापा मार्न आएको र उल्टै व्यावसायीसँग दशलाख घुस मागेको आरोप व्यवसायीले लगाएका छन्।

श्रोत नागरिकन्युज/तस्विरः चाँदनी हमाल