खोटाङ, असार २
ईको हिमाल र पहाडी मकै अनुसन्धान केन्द्रले खोटाङको बाकाचोल र महेश्वरीमा उन्नत जातको मकैको बीउ उत्पादन शुरु गरेको छ । इको हिमाल र मकै अनुसन्धान केन्द्रले बाकाचोल र महेश्वरीका स्थानीय कृषक समुहमार्फत गणेश–१ र मनोकामना–३ जातको मकैको बीउ उत्पादन शुरु गरेको हो । जिल्लाको खाद्य सुरक्षामा टेवा पु¥याउने उद्धेश्यले १५ सय मिटर भन्दा माथिको उच्च पहाडी भूभागकालागि उपयुक्त खालको मकैको बीउ उत्पादन शुरु गरिएको इको हिमालकी सामाजिक परिचालक कर्मायाङजी शेर्पाले बताउनु भयो । समुदायमार्फत उत्पादन गर्न थालिएको उन्नत जातको मकैको बीउले उच्च लेकाली क्षेत्रको चिसो र डढुवा रोग सहन सक्ने सामाजिक परिचालक शेर्पाको दावी छ । मकै बृज बृद्धि कार्यक्रम (सिमिट) अन्तरगत कृषि बिकास कार्यालयले जिल्लाको हलेसी र दुर्छिममा देउती र मनो–३ जातको मकैको बीउ उत्पादन केन्द्र स्थापनाको तयारी गरिरहेकोबेला ईको हिमाल र मकै अनुसन्धान केन्द्रले पनि उत्तरी गाबिसमा मकैको बीउ उत्पादन शुरु गरेको हो । कृषक समुहले पनि यसपल्ट मकैको मूल बीउ लगाएको सामाजिक परिचालक शेर्पाले बताउनु भयो ।