Responsive Ad Slot

latest

बागलुङमा २१ वटा नयाँ झोलुंगे पुल बन्ने ।।

Monday, June 18

/ by Admin BHOLA THAPA
सुवास कँडेल, बागलुङ, असार ४
बागलुङका २१ वटा झोलुंगे पुल निर्माण सुरु भएको छ । पुल अभावमा स्थानीयले आवत जावत गर्न सास्ती व्यहोर्नु परेपछि जिविसले विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन कार्यक्रम (ड्रिलिप) मार्फत ती पुल निर्माणको काम थालेको स्थानिय विकास अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । जीर्णमध्ये पहिलो प्राथमिकतामा परेका पा“चवटा पुल चालु आर्थिक बर्षमा निर्माण सम्पन्न गर्न लागेको हो भने अन्य १६ वटा आगामी आर्थिक बर्षमा सक्ने गरी काम सुरु भएका हुन् । विस्तृत सर्भेक्षण सम्पन्न भइ निर्माणको क्रममा रहेका पा“चवटा पुलका लागि रु. ९१ लाख ८० हजार जिविसले स्विकृत समेत गरेको हो । एसियाली विकास बैंक, स्थानीय सहभागिता, जिविस, गाविस र अन्य श्रोत जुटाएर पुलहरु निर्माण गरिने योजना रहेको छ । अधिकारीचौर–५ को खर्सुङघाट, दर्लिङ र भीमगिठे जोड्ने कालीरहघाट, ताराखोला–८ को फोस्रेघाट, ताराखोला–८ कै दब्लाङघाट र अमरभूमिको खन्तरामघाटमा पुल निर्माणको काम भएको हो । ती पुल निर्माण भएपछि स्थानीयले छोटो समयमा विद्यालय जानेआउने, बजारमा जाने तथा पशुपंक्षि ओहोर दोहोर गराउन सहजता पाउने विश्वास लिएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI