नदीमा पानीको प्रवाह बढेर विद्युत उत्पादनमा बृद्धि भएपछि विद्युत प्राधिकरणले आजदेखि लागु हुनेगरी घटाएको छ । यसअघि हप्ताको ४२ घण्टा रहेको लोडसेडिङ अब मात्र ३५ घण्टामा झरेको छ । हाल दैनिक ६ घण्टा लोडसेडिङ भैरहेकोमा आज देखी ५ घण्टामात्र लोडसेडिङ हुनेछ । बर्षा सुरु भएपछि राजधानी लगायत तराई क्षेत्रमा विद्युत् माग पनि घटेको प्राधिकरणले जनाएको छ । दैनिक विद्युतको माग पुरा गर्न अझै ३ सु ७५ मेगावाट विद्युत चाहिने र यसको पूर्ती गर्न नसकिने भएकाले दैनिक पाँच घण्टा लोडसेडिङ गरिएको प्राधिकरणले जनाएको छ ।