तमू समाज कतारका निवर्तमान कोषाध्यक्षको विदाई
दोहा, कतार ।
२४ जुन २०१२,
पुर्ण तमू लामो समयदेखि संस्थामा रहेर सफलता पुर्वक विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए । विशेषतः कतारमा भएका विभिन्न खेलकुद कार्यक्रमहरुमा नेपाली भलिबल खेलाडीहरुलाई यातायातको सुविधाको व्यवस्था गर्ने कार्यमा वहाको योगदान अतुलनिय रहेको छ । साथै तमू समाज कतारको विभिन्न कार्यक्रमहरुमा समाजका पदाधिकारी तथा सदस्यहरुलाई यातायातको व्यवस्था मिलाउने कार्यमा वहाको ठूलो सहयोग रहेको थियो ।
दोहा, कतार ।
२४ जुन २०१२,
तमू समाज कतारका निवर्तमान कोषाध्यक्ष पुर्ण तमू कतार नफर्कने गरि स्वदेश फर्कन लागेकोले समाजका अध्यक्ष बिमल तमूको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका विच कदर पत्रले सम्मान गर्दै समाजले विदाई गरेको छ ।
गत जुन २२ तारिख शुक्रवारका दिन तमू समाज कतारको केन्द्रिय समिति र शाखा समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा उक्त विदाई कार्यक्रम सम्पन्न भएको छ । समाजको तर्फबाट सल्लाहकार तथा एनआरएनए–एनसीसी कतारका अध्यक्ष अमृत तमूले निवर्तमान कोषाध्यक्ष पुर्ण तमूलाई कदरपत्र प्रदान गर्नु भएको थियो भने महिला विभागकी सह–संयोजक कल्पना तमूस्योले खताले सम्मान गरेकी थिईन ।
समाजको एउटा होनाहार र जिम्मेवार व्यक्तिलाई बिदाई गर्नु पर्दा समाजलाई नरमाईलो लागेको छ तर आफनै स्वदेश फर्कन लागेका कारण पुर्ण तमूको आगामी दिन अत्यन्त सफल र शुखमय रहोस भनि शुभकाना व्यक्त गरिएको थियो । यसरी वहाको योगदानको चर्चा गर्दै स्वदेशमा अरु सफलताको शुभकामना व्यक्त गर्ने वक्ताहरुमा एनआरएनए कतारका अध्यक्ष अमृत तमू, तमू समाज कतारका निवर्तमान अध्यक्ष जगन तमू र वर्तमान अध्यक्ष बिमल तमू थिए ।