दुबईमा एनआरएन महिला समितिको दोस्रो बैठक सम्पन्न
दुबई
। युएईस्थित वैदेशिक रोजगारीमा रहेका महिलाहरुलाई समेट्दै आफ्नो हक र
हितका लागि अगाडि ल्याउने हेतुले भर्खरै मात्र स्थापना गरिएको एनआरएन
अन्तर्गत महिला समितिले विभिन्न समसायिक विषयमा छलफल गर्दै आफ्नो दोस्रो
बैठक सम्पन्न गरेको छ । सो बैठक एनआरएन अन्तर्गत महिला समितिकी अध्यक्ष
अर्चना बस्नेत रोकाहाको अध्यक्षतामा गत १ जुन शुक्रबारका दिन बर दुबईको
मेट्रो पार्कमा बसेको हो ।उक्त बैठकमा विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै यस बर्ष २०६९ को महिलाहरुको महान पर्व हरितालिका तीज कसरी मनाउने भन्ने विषयमा विशेष छलफल गरिएको थियो । युएईस्थित कार्यरत लगभग २० हजार नेपाली महिलाहरुलाई बृहत् भेला गराई प्रवासमा पनि आफ्नो रितीरिवाज र परम्परालाई कायम राख्दै धुमधांमसंग तीज मनाउने योजना रहेको समितिकी सचिव वविता शिवाले जानकारी दिनु भयो ।
महिला समितिको स्थापना हुनु लगत्तै समितिको कोषमा अनिवार्य रुपमा मासिक २० दिरामको दरले कोष जम्मा गरिएको छ । यो कोष नेपालस्थित आपतविपतमा परेका महिलाहरुको सहयोगको लागि खर्च गरिने भएको छ । आगामी दिनहरुमा युएईस्थित कार्यरत नेपाली महिलाहरुलाई कानुन र व्यावस्था सम्बन्धित जानकारी गराउंदै अनावश्यक समस्याहरुबाट बचाउन पहल गरिने भएको छ । यस कार्यको लागि महिला समिति सशंक्त रुपले लागि पर्ने बताएका छन् ।
