Responsive Ad Slot

latest

आरम्भको प्रथम अधिवेशमा ब्यर्थैको झर्को नुन चर्कोको विमोचन गरिने ।

Friday, June 22

/ by Admin BHOLA THAPA

मौलिक कला र साँस्कृतिको उत्थान  नेपाली राष्ट्रियताको पहिचान भन्ने मुल नाराका साथ अगाडी बढेका आरम्भ नाटय डबली कतारले विदेशी भुमिमा पनि स्वदेशी कला साँस्कृति जोगान तथा प्रदर्शन गर्न विभिन्न नाटक साँस्कृतिक कार्यक्रम चलचित्र प्रदर्शनको आयोजना अनि म्यूजिक भिडियो चलचित्र टेलि श्रृंखलाको निर्माण गर्दे आइरहेको छ । संस्थाको प्रथम प्रस्तुति हाँस्य प्रधान चलचित्र ड्राईभर म माईलोको सफल प्रदर्शन पछि दोस्रो कोसेलीको रुपमा हाँस्य टेलि श्रृंखला ब्यर्थैको झर्को नुन चर्को भाग १ बजारमा ल्याउने तयारी भएको छ ।  आरम्भको पहिलो अधिवेशन सँगै उक्त टेलि श्रृंखलाको विमोचन तथा विक्री वितरण पनि गर्ने संस्थाकी कार्यवाहक अध्यक्ष रेखा राईल बताईन् । विशेष अधिवेशन रहेको सो कार्यक्रममा केही साँस्कृतिक कार्यक्रम गायन, नृत्य साथै केही झलकहरु पनि प्रस्तुत गरिनेछ । २९ तारिख शुक्रवारका दिन होमल्याण्ड रेष्टुरेन्टमा निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ । कथा पटकथा निर्देशन उद्धव राई , सहनिर्देशन सरोज श्रेष्ठ, परिकल्पना राम राई, श्रृंगार रेखा राई रहका छन् । छायांकन सन्त बम्जन, यातायात द्धय प्रदीप वि.क तथा कविराज सुवेदी र सम्पादनद्धया सन्त बम्जन र बसन्त राई रहेका छन् । संस्थाका पुराना कलाकारदारा अभिनित यस श्रृंखलामा केही नयाँ कलाकाहरुको पनि प्रवेश रहेको छ । कतारमा रहेका स्थानिय कलाकारहरु प्राविधिक उपकारणद्धारा निर्माण गरिएको यस टेलि श्र्रृखलाको शत प्रतिशत छायांकन पनि कतारमै गरिएको र सम्पादन  स्वरांकन बम्जन होम प्रोडक्सन कक्ष कतारमै गरिएको छ । बिमोचन लगातै ब्यर्थैको झर्को नुन चर्कोको भाग २ छायांकन गरिने निर्देशक राईल बताए । अव बन्ने नयाँ कार्यसमितिका पदाधिकारीहरुले अझै नयाँ योजना र कार्यक्रम ल्याइ संस्थालाई अगाडी बढाउनको साथै नेपाली कला र साँस्कृतिको प्रचार प्रसार र जर्गेना गर्न थप टेवा पुग्ने आशा संस्थाका महासचिव सरोज श्रेष्ठले बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI