तनहुँ, लम्जुङ र गोरखाको ब्यापारिक

अनुगमनका क्रममा अखाध्य रंग प्रयोग गरेको भन्दै राज मिठाइ पसलबाट करिब ३ किलो जेरी र १ किलो पकौडा तत्कालै नस्ट गरिएको डुम्रे चौकीका प्रहरी निरिक्षक देबी प्रसाद पौडेलले बताउनु भयो । अनुगमनलाई निरन्तरता दिने गरि आएको टोलीले डुम्रे बजारका अधिकांश पसलहरूमा मुल्य सुची नभएको, भरतपुर बाट उत्पादित कमल पाउरोटी र शिव मिल्क ब्रेड डुम्रेको उत्पादनमा लेबन नभएको र केही किराना पसलहरुमा अखाध बस्तुको प्रयोग गरेको भेटीएको टोली प्रमुख श्रिनाथ पौडेलले बताउनु भयो ।
यता तनहुँ उध्योग बाणिज्य संघ डुम्रे बजार इकाइका अध्यक्ष राजेन्द्र पियाले अनुगमन टोलीले दिएको निर्देशन सबैले पालना गर्नुपर्ने भन्दै इकाइ अन्तर्गतका अखाध बस्तु प्रयोग गर्ने ब्यापारीलाई तत्काल कारबाही अगाडी बढाइने बताउनुभयो । अनुगमन टोलीमा तनहुँ उधोग बाणिज्य संघ डुम्रे बजार इकाइका अध्यक्ष शिवकुमार श्रेष्ठ , सुनिल कुमार श्रेष्ठ, राजु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
फोटो : डि पी अधिकारी
समाचार स्रोत : भञ्ज्याङ