
विश्वमा बर्षेनी ५ करोडलाई डेंगु लाग्ने गरेको छ । नेपालमा सन् २००४ मा बिदेशीलाई र २००५ मा नेपालीलाई नै यसको संक्रमण देखिएको थियो । सन् २००६ मा ३२ जना संक्रमित भएकोमा २०१० मा महामारीकै रुप लिएर ९ सय २७ जना रोगी भेटिएका थिए । तीे मध्ये ५ जनाको मृत्यु भएको थियो ।
डेंगु सार्ने एडिस एजिप्टाई नामक लामखुट्टेले जमेको सङ्लो पानीमा बस्ने र अण्डा पार्ने गर्छ । पोथी जातको लामखुट्टेले मात्र रोग सार्न सक्छ । बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईंटेलले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट जोगिनु नै सबैभन्दा राम्रो उपाय भएको भन्दै यसका लागि नगरबासीहरु स्वयं सचेत हुनुपर्ने बताउनुभयो ।
विज्ञहरुको सर्वेक्षण अनुसार बुटवल क्षेत्र डेंगुको उच्च जोखिममा रहेकाले बुटवलमा थोत्रा टायर, फुलदानी,गमला, पुराना बट्टा,डिब्बाहरु प्रसस्त मात्रामा रहेकाले डेंगुको उच्च जोखिम रहेको हो । अभियानका क्रममा थोत्रा टायरमा पानी जमेको भए पm्याक्ने, टायरलाई नपर्ने स्थानमा राख्ने,टायरका पानी हटाउन नसकिए डढेको मोविल राख्ने,फुलदानी, खाली डब्बा,टिनका डब्बाहरुमा पानी जम्न नदिने , हप्तामा एक दिन खाली बनाएर राख्ने सन्देश दिईने जनाईएको छ । यो बर्ष कार्तिकमा ४ जना र बैशाखमा एक जना गरि ५ जनामा डंगुको संक्रमण देखिएको छ । डेंगु रोग संक्रमित लामखुट्टे बढिमा ३० दिनसम्म मात्रै बाच्ने भएकाले यसको प्रजनन क्रियालाई नियन्त्रण गर्न अभियान शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेन्ट्रोल कन्ट्रोलर केदारनाथ शाहले बताउनुभयो । दुई वर्षअघि बुटवल चितवनपछि डेंगुबाट प्रभावित दोस्रो सहर हो ।