Responsive Ad Slot

latest

तरकारी खेती फस्टाउँदो ।।

Wednesday, July 4

/ by Admin BHOLA THAPA
राकेश कुमार मिश्र, बाकेँ ,असार २०
बाँकेमा सञ्चालित कृषि बगर तरकारी खेती फस्टाएको छ । इलम प्लस हेल्बेटासले जिल्लाको कम्दी, बनकट्टी, बेतहानी, होलिया, बिनौना, फत्तेपुर र बैजापुर गाविसमा कृषि बगर तरकारी कार्यक्रम लागु गरेको हो ।
गाविस अन्र्तगत गठित राप्ती पिडित बगर कृषक समुह सिधानिया, भेरी राप्ती बगर कृषक समुह बनकट्टी र नदी कटान बाढीपिडित कृषक समुह बालापुर गरी तीन वटा समुहमार्फत १ सय ९० कठ्ठा जग्गामा अहिले ७१ जनाले तरकारी खेती गरिरहेका छन् ।
तीन वटै कृषक समुहमार्फत एक सिजनमा मात्र बगर तरकारी खेतीबाट करिब साढे ७ लाखको आम्दानी भएको हेल्वाटासका स्थानीय स्रोत व्यक्ति कमलेश कुमार मिश्रले बताउनु भयो । उनीहरुले लौका, फर्सी, करेला, तरबुजा र क्राँक्रा खेतीबाट आम्दानी गरेका हुन् । तर सिचाईंको अभावमा सोचे अनुसारको उत्पादन हुन नसकेको कृषकहरुको भनाइ छ ।
नदी आसपासका कृषकलाई आय आर्जनतर्फ उन्मुख गराउने उद्देश्यले हेल्बेटासले बगर तरकारी खेती कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI