तनहुँ, असार १७

जामुने- १ स्थित ट्याम्कीडाँडामा आएको पहिरोले घर भत्काउँदा शुक्रबार मृत्यु भएका सातै जनाको अन्त्येष्टि भइसकेपछि समेत उनी शव देखाइदिन आफन्तलाई आग्रह गरिरहेकी थिइन् । उनको अवस्था देखेर छिमेकीसमेत आँसु झार्थे । माइतीको नजिक रेखदेख हुन्छ भनेर ज्वाइँ साइबहादुर सुनारले ३ महिनाअघि सानो घर बनाएर श्रीमती र छोरी छोडेर कामको खोजीमा भारत गएका थिए । टीकामायाले भनिन्, ‘अब मैले ज्वाइँलाई के बुझाउने ?’ १० वर्षअघि रुपासँग विवाह गरेका सइको घर आफन्त कोही थिएनन् । काम गर्दै दमौली पुगेका उनलाई झकप्रसाद विकले छोरा सुरविरसँग मित लगाएर मित छोरा बनाई आफ्नै भाञ्जी टीकामायाको छोरी रुपासँग विवाह गरिदिएका थिए ।
आर्थिक अवस्था कमजोर भएका उनीहरूले ३५
हजारमा सुकुम्बासी जग्गा किनी घर बनाएर बसेका थिए । घर बनाएर बाहिर लिपपोत
गर्नसमेत नपाई शुक्रबार गएको पहिरोले घरको गारो भत्केर पुरी रुपा, दुर्गा,
दिव्या, पूणिर्मा, सुष्मा, रेखा र सम्झनाको मृत्यु भएको छ । यसरी मृत्यु
भएको पहिलो पटक देख्ने मृतक दुर्गाकी आमा थिइन् । छोरी, बुहारी र नातिनी
गुमाएकी उनले घरीघरी पुरिएको शवको सम्झना गर्दै एकोहोरो रुँदै थिइन् । उनले
भनिन्, ‘बिहानसम्म किन उठेनन् भनेको त कहिल्यै नउठ्ने भइसकेका रहेछन् ।’
दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका
उनीहरूले छोरी सम्झनालाई पढाएका थिए । उनी कक्षा ८ को परीक्षा दिँदै थिइन् ।
शुक्रबार परीक्षा दिएर आएकी उनी काम गर्दै पढ्दै गर्ने कारण शनिबार मेला
जाने तयारीमा थिइन् । मेला जाने कारण यस परिवारलाई जामुने मात्र हैन,
सदरमुकाममासमेत धेरैले चिन्छन् । सधैं खेतबारीमा काम गर्न आउँथे, यस्तो खबर
सुनेर एकपटक घर भए पनि देख्न आएको दमौलीकी माया पौडेलले बताइन् ।