काठमाडौं, साउन ९ । नेपाली चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले विष सेवन गरि आत्महत्याको प्रयास गरेका छन् । कपन निवासी देउजाले दिउँसो ३ बजे रेडबुलमा विष मिसाएर पिएका थिए। बिष सेवन गरि अचेत परेका उनलाई स्थानीयले अचेत अवस्थामा देखेपछि प्रहरीले उनलाई उपचारका लागि साँझ पौने सात बजे जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको हो । स्रोतका अनुसार उनको अवस्था गम्भीर छ। ‘४८ घन्टापछि वास्तविक स्थिति थाहा हुनेछ। शरीरभर विष फैलिएको हँुदा मस्तिष्कमा पनि प्रभाव परेको छ,’ स्रोतले भन्यो, ‘स्वास्थ्य स्थितिमा कुनै सुधार आएको छैन, केही भन्न सकिँदैन। चिकित्सकले उनको अबस्थाबारे अहिलेसम्म केही जानकारी गराएका छैनन् । उनले विष सेवन गर्नुको कारणवारे केही खुलेको छैन। पारिबारका सदस्य र उनका निकटबर्तीहरू पनि यसबारे केही बोल्न चाहँदैनन्।फिल्म निर्देशक देउजाद्वारा आत्महत्या प्रयास,अवस्था गम्भीर
काठमाडौं, साउन ९ । नेपाली चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले विष सेवन गरि आत्महत्याको प्रयास गरेका छन् । कपन निवासी देउजाले दिउँसो ३ बजे रेडबुलमा विष मिसाएर पिएका थिए। बिष सेवन गरि अचेत परेका उनलाई स्थानीयले अचेत अवस्थामा देखेपछि प्रहरीले उनलाई उपचारका लागि साँझ पौने सात बजे जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको हो । स्रोतका अनुसार उनको अवस्था गम्भीर छ। ‘४८ घन्टापछि वास्तविक स्थिति थाहा हुनेछ। शरीरभर विष फैलिएको हँुदा मस्तिष्कमा पनि प्रभाव परेको छ,’ स्रोतले भन्यो, ‘स्वास्थ्य स्थितिमा कुनै सुधार आएको छैन, केही भन्न सकिँदैन। चिकित्सकले उनको अबस्थाबारे अहिलेसम्म केही जानकारी गराएका छैनन् । उनले विष सेवन गर्नुको कारणवारे केही खुलेको छैन। पारिबारका सदस्य र उनका निकटबर्तीहरू पनि यसबारे केही बोल्न चाहँदैनन्।तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com