२ करोड १६ लाख विगो र त्यति नै जरिवानाको फैसल
काठमाडौं ,१० साउन ।

अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बुधबार जोशीलाई डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ १४ पैसा विगो र त्यति नै जरिवानाको फैसला सुनाएको हो । अदालतले सम्पक्ति लुकाउन सहयोग गरेको भन्दै जोशीका साला बासुदेव पन्तलाई ६ महिना कैद र ६५ लाख जरिवाना तथा उनका कान्छा ससुरा तारानाथ पाण्डेलाई पनि ६ महिना कैद र १ लाख १४ हजार जरिवानाको फैसला सुनाएको छ ।
विशेषको फैसलाविरुद्ध जोशीले सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने छन् । पुनरावेदनका लागि फैसला लागि ३५ दिनको समय हुनेछ । तर, पुनरावेदनका लागि उनले विशेषको फैसला बमोजिम धरौटी राख्नु पर्ने हुन्छ । ‘जोशीलाई पुनरावलोकनका लागि ३५ दिनको म्याद हुन्छ’विशेषका रजिष्टार धिरबहादुर चन्दले भन्नुभयो-’पुनरावबलोन दर्ता गर्न भने फैसला बमोजिम धरौटी बुझाउनुपर्छ ।’
जोशीको मुद्धामा वादी तथाप्रतिवादी दुबै पक्षको बहस ६ गते सकिएपछि फैसलाको मिति बुधबारलाई ताकिएको थियो । हदम्याद नाघेको भन्दै सफाई दिने विशेष अदालतको निर्णय उल्टाउँदै सर्वोच्चअदालतले सुनुवाई गर्न विशेष अदालत पठाएको थियो ।
विशेषका तत्कालिन अध्यक्ष भूपध्याजअधिकारी तथा सदस्यद्धय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले २०६३ सालकार्तिक ३० गते हदम्यादको कारण देखाउँदै जोशी विरुद्धकोमुद्धा खारेज गरेको थियो । तीनपटक गृहसहित सात पटक मन्त्री भएका जोशीले पदकेा दुरुपयोग गरी ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० साल माघमा विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
को हुन् गोबिन्दराज जोशी ?
भ्रष्टाचारको अभियोगमा जेल जानेहरुको लाइन पछ्याएका गोबिन्दराज जोशी २०५० सालसम्म सामान्य आर्थिक हैसियत भएका व्यक्ति हुन् ।उनलाई नजिकबाट चिन्नेहरुका अनुसार त्योबेलासम्म उनी लखरलखर हिंड्थे । पार्टीको कार्यक्रममा सहभागी हुन्थे । यसो लेख लेख्थे । बिहान बेलुकाको गर्जो टार्न समेत मुश्किल थियो । हुँदै जाँदा भाग्य बलियो भयो । बहुदलीय व्यवस्था यिनलाई पनि फाप्यो । पटक-पटक लाभको पदमा पुगे । लाभको पदमा पुगेपछि लोभ लाग्ने भैगयो । त्यसपछि यिनको ध्यान कमाउनैतिर केन्दि्रत भयो । भ्रष्टाचारले डुङडुङ गनाउन थालेपनि उनले लामो हात गर्न छाडेनन् ।

अदालतसित बयान दिने क्रममा उनले छोराछोरी बिदेशबाट कमाएर पठाएको र आफूले पनि लेखेर सम्पत्ति जोडेको दावी गरेका छन् । तर ढाँटे कुरा काटेर किन मिल्थ्यो ? करोडौंको सम्पत्ति उनले भनेजस्तै गरी जोडिन्छ भनेर कसले पत्याउने ? हुँदै जाँदा यिनले पनि भ्रष्टाचारकै कारण जेल यात्रा गर्नुपर्यो ।
तनहुँमा जन्मेका जोशी २०२४ सालदेखि २०३४ सालमा जिल्लाकै बिभिन्न विद्यालयमा पढाउँथे । त्यसपछि २०४७ सालमा उनले कानुन व्यवसायमा संलग्न भएर काम गरे । २०४६ सालको राजनीतिक परिवर्तनपछि उनी कांग्रेसमा सकृय भएर लागे । २०४८, २०५१ र २०५६ सालमा लगातार तनहुँबाट प्रतिनिधिसभामा निर्वाचित भए । त्यसपछि उनलाई पटकपटक मन्त्री हुने भाग्य जुर्यो ।
कहिले कहिले भए मन्त्री ?
शिक्षा समाज कल्याणमन्त्री -२०४८।९।१५ देखि २०५१।८।१३ सम्म
शिक्षामन्त्री -२०५२।६।६ देखि २०५३।११।२८ सम्म
गृहमन्त्री -२०५५।१।८ देखि २०५५।९।९ सम्म
गृह र सामान्य प्रशासनमन्त्री -२०५५।९।१०देखि २०५६।२।१६ सम्म
जलस्रोतमन्त्री -२०५६।२।१७ देखि २०५६।११।१० सम्म
गृहमन्त्री -२०५६।१२।८ देखि २०५७।६।१३ सम्म
स्थानीय विकासमन्त्री -२०५७।१०।२५ देखि २०५८।४।६ सम्म
भ्रष्टाचारी ठहरिएका जोशीले भने–म माथि अन्याय भयो
जोशीको भनाई उनकै शब्दमा

फैसला आएपछि अनलाइनखबरसँग कुरकानी गर्दै जोशीले भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिने बताए । ‘म माथि पूर्ण रुपमा अन्याय भएको छ’ जोशीले भन्नुभयो-’यसविरुद्ध म सर्वोच्चमा पुनरावेदन दिन्छु ।’
जोशीको भनाई उनकै शब्दमा
यो मुद्धा शाहीकालमा हामी आन्दोलनमा रहेका बेला गिरिजाप्रसाद कोइराला, म लगायतका नेताहरुविरुद्ध अख्तियारले दायर गरेको हो । अहिले १० वर्षपछि आएर फैसला भएको छ । फैसला जे जस्तो आएपनि मैले कानुनको सम्मान गर्नैपर्छ । चिक्त बुझेन भने पुनरावलोकन गर्ने व्यवस्था छ ।
यो फैसलाले पूर्ण रुपमा म माथि अन्याय भएको छ । मैले सांसद भएपछि अख्तियारले समेत प्रमाणित गरिसकेको १ सय ३६ रोपनी जग्गा बेचेको छ । त्यसपछि मैले जोडेको भनेको एउटा गाडी मात्र हो । त्यसैले यसमा अन्यायपूर्ण फैसला भएको छ । अब म सर्वोच्चमा जान्छु ।