राम बहादुर धामी, दारेचोक, २२ चैत्र । चितवनको दारेचोकमा बुधबार देखि खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । त्रिवेणी युवा क्लबको आयोजनामा कुरिनटार खेलकुद मैदानमा फुटबल प्रतियोगिता सुरु भएको हो । फुटबल प्रतियोगिताको एक समारोहकाबीच दारेचोक गाउँ विकास समितीका सचिव निलकण्ठ उप्रेतीले उद्घाटन गर्नुभएको हो । बुधबारको पहिलो खेलमा मनकामना युवा क्लबले आयोजक त्रिवेणी युवा क्बल ग्रिनलाई ५–४ गोल अन्तरले पराजित गरेको छ ।
