२ साउन, गोरखा । मनकामना केवलकारले टिकट मूल्य १ सय ५० रुपैयाँले बढाएको छ । यसअघि ४ सय २५ टिकट मूल्य रहेकोमा साउन १ गतेदेखि लागू हुनेगरी ५ सय ७५ रुपैयाँ पुर्याइएको हो ।
![manakamana](http://www.onlinekhabar.com/wp-content/uploads/2013/07/manakamana.jpg)
एक बर्षमा साढे ९ लाख यात्रु
गत आर्थिक बर्षमा मनकामना केवलकारमा करिव साढे ९ लाख यात्रुले यात्रा गरेको केवलकार ब्यबस्थापनले जनाएको छ । जसमध्ये ८ लाख ६३ हजार ८ सय ९३ नेपाली, ९९ हजार ७ सय ४० भारतीय र ५ हजार ३ सय ५३ जना तेस्रो मुलुकका यात्रु रहेका छन् ।
२०५५ सालबाट संचालन भएको केवलकारमा हालसम्म करिव ८९ लाखले यात्रा गरिसकेका छन् ।