आँबुखैैरेनी, २५ असार । मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिको ढुंगा प्रहारबाट आँबुखैरेनीमा १ जना घाईते भएकी छन् । सोमबार दिउँसो ३ बजेको समयमा आँबुखैरेनी चोकमा मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिको ढुंगा प्रहारबाट स्थानीय २२ बर्षिय रमिला गुरुङ्ग घाईते भएकी हुन् । ढुंगा प्रहारबाट घाईते भएकी गुरुङ्गको गोरखकाली पोलिक्लिनिकमा सामान्य उपचार पछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ । ढुंगा प्रहार गर्ने प्रहरीको नियन्त्रणमा रहेको छ ।
यसैबीच, आँबुखैरेनीमा मानसिक सन्तुलन ठिक नभएका २ जना व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ । स्थानीयबासीलाई दैनिक जिवनमा अवरोध पु¥याउने काम गरेको भन्दै सोमबार आँबुखैरेनी चोकबाट २ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । पक्राउ गरेका २ जनालाई एक निश्चित ठाउँमा लगेर छोडिने आँबुखैरेनीका प्रहरी निरिक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभएको छ ।