सोम गरुङ्ग, नेपालगन्ज/महिला तथा बालबालिका कार्यालय, जिल्ला बालकल्याण समितीको आयोजना तथा सिविन–नेपाल, युनिसेफ, प्लान नेपाल सेफ द चिल्ड्रन इन्सेक, हिमराइट्स, जिल्ला बाल क्लब सन्जाल, जिल्ला युवा क्लब सन्जाल, बााके युनेस्को क्लव लगाएतका बालअधिकार तथा मानव अधिकारवादी संघसंस्थाहरुको सहकार्यमा बाल हिंसा विरुद्ध अभियान बााकेमा सन्चालनमा रहेको छ । “बालबालिका माथि हुने हिंसाको अन्त्यका लागि, हातेमालो गरौ, आवाज उठाऔ, लुकेका बालहिंसालाई उजागर गरौ”भन्ने मुल नाराका साथ कार्यक्रमको शुरुवात गरिएको हो । हिमराइट्स, नेपालगन्जको सहकार्यमा आज बााकेका होटल व्यवसायीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अभियानको उद्धेश्य माथि जिल्ला बाल कल्याण समिति बााकेका बाल संरक्षण अधिकृत महेश नेपालीले बालबालिका भनेका भोलिका कर्णधार भएकोले बालबालिकालाई सही मार्ग निर्देशन गर्नु पर्ने बताउनुभयो । सो कार्यक्रमका युनिसेफका रामप्रसाद बाल संरक्षण अधिकृत गौतमले नेपालमा १६ लाख बाल श्रमिक रहेको र बााके जिल्लामा ४२०० बाल श्रमिक रहेको मध्ये नेपालगन्ज नगरमा मात्रै २९०० श्रमिक रहेको तथ्याड्ढ प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी सेफ द चिल्ड्रनका बाल संरक्षण अधिकृत मीना पराजुलीले यौन दुरव्यहार सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै नेपालको कानुनी अवस्था,कानुनी प्रक्रिया र दण्ड सजाय बारे पनि प्रष्ट पार्नु भएको थियो ।
अन्तरक्रियामा सहभागी हुनु भएका होटल अर्गनाइजेशन नेपाल बााकेका कार्यवाहक अध्यक्ष नारद पुरीले बाल हिंसा जहाा पनि हुन सक्ने हुदाा अभिभावकहरु सदैव सचेत हनु पर्ने र यस्ता अभियान निरन्तर चलाई रहनु पर्ने बताउनु भयो । होटल अर्गनाइजेशनका सम्पूर्ण पदाधिकारी बाल श्रमिकहरु नराख्ने प्रतिबद्ध समेत गर्नु भएको थियो । होटल अर्गनाइजेशन नेपाल बााकेका उपाध्यक्ष चन्द्र प्रसाद भुषाल,जंग बहादुर विष्ट, प्रवक्ता रंग बहादुर खड्का, एडभोकसी फोरमका संयोजक बशन्त गौतम, सिविन नेपालका क्षेत्रीय टीम लिडर मधुसुदनदवाडी लगायत अन्य सहभागीहरुले समाजमा बालहिंसाका घटनाहरु कुरिति, गरिबी, अशिक्षा, चेतनाको कमीका कारण बाल हिंसा बढी रहेको बताए । बाल हिंसालाई न्युनीकरण गर्न घरघरबाट नै सचेत हुनु पर्ने, ग्रामीण स्तरमा कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा अनुगमन निरन्तर गर्नु पर्ने र बाल श्रमिक मुक्त होटललाई सम्मान गर्नु पर्ने भन्ने विचार राखेका थिए । अक्टोबर ११, २०१३ सम्म विभिन्न कार्यक्रम सहित बालहिंसा विरुद्धको अभियान विभिन्न सरोकारवाला निकायसँग बालबालिकाको विभिन्न मुद्धामा छलफल गरिने आयोजकले जानकारी दिएको छ । सो अन्तरक्रिया कार्यक्रममा आउनु भएका सम्पूर्ण सहभागीहरु साथै होटल व्यवसायीहरुले बाल हिंसा न्यूनीकरण गर्ने अभियानमा प्रतिबद्धता जनाएका थिए साथै बाल श्रमिक नराख्ने पनि उद्भोष गरेका थिए । सो अन्तरक्रिया कार्यक्रमको सहजीकरण हिमराइट्स, नेपालगन्जका संयोजक प्रकास उपाध्यायले गर्नु भएको थियो ।