Responsive Ad Slot

latest

प्रतिलिपि अधिकारसम्बन्धी अन्तक्रिर्या कार्यक्रम

Thursday, June 23

/ by Admin BHOLA THAPA
पोखरा, ९ असार/ श्रष्टाले सिर्जना गरेको सामग्री नक्कल गरेर फाइदा लिनेमाथि कडा कारबाही हुनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रममा जोड दिइयो । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय काठमाडौँद्वारा प्रतिलिपि अधिकार ऐन परिमार्जन एवम् सुधारका सम्बन्धमा आयोजित अन्तक्रिर्यामा वक्ताहरुले गायन तथा कलाकारिताका क्षेत्रमा नक्कल गर्ने प्रवृत्ति बढी देखिएकोमा चिन्ता व्यक्त गरेका थिए ।

सिर्जना गर्ने र्सजकले दुःख गरेर काम गरेको हुन्छ तर त्यसको फाइदा नक्कल गर्ने व्यक्तिले उठाएको हुन्छ भन्दै उनीहरुले त्यस्ता चोरी गर्ने व्यक्तिलाई सामान्य कारबाही हुने गरेको भएपनि मुद्दा दायर गर्ने कानुनी प्रावधान नभएको बताए । कार्यक्रममा कार्यालयका रजिष्ट्रार विष्णुकुमार केसीले साहित्य, कला, गीत र सङ्गीतका क्षेत्रमा सिर्जना गर्ने श्रष्टाको हकअधिकार संरक्षणको क्षेत्रमा कार्यालयले काम गर्दै आएको बताउनुभयो । न्युज श्राेत न्युज पोखरा बाट
Don't Miss
© all rights reserved
made with by netKUTI