काठमाडौं एमाले नेता तथा सभासद् रामचन्द्र झालाई क्याबिन रेस्टुरेन्टमा मदिरा सेवन गरी सोही क्याबिनका तीन युवतीले जबर्जस्ती लिएर हिँडिरहेका बेला प्रहरीले पक्राउ गरेको छ। पुरानो बानेश्वरस्थित डबली क्याबिन रेस्टुरेन्टमा मदिरा सेवन गरेर बसेका झा मदिराका कारण झुम भएपछि क्याबिन सञ्चालकहरूले टयाक्सीमा राखेर घर पठाउने क्रममा सोही क्याबिनमा कार्यरत तीन युवतीसमेत पछि लागी भत्केको पुलतर्फलैजान खोजेपछि टयाक्सी चालकले प्रहरीलाई खबर गरेका थिए। प्रहरी प्रभाग गौशालाका प्रहरीले पर्ूव स्थानीयविकास मन्त्रीसमेत भइसकेका झालाई पक्राउ गरेको थियो। कपडा व्यापारीको भेषमा क्याविन छिरेका नेता झाको बारेमा प्रहरीले सोधपुछ गर्दा उनी एमाले नेता तथा सभासद् भएको जानकारी पाएपछि उनलाई छाडिदिएको एक प्रहरी अधिकारीले जानकारी दिए।एमालेभित्र प्रखर वक्ताको रूपमा चिनिएका नेता झालाई मदिरा सेवन गरेका तीन युवतीले जबरजस्ती गर्न खोजेपछि ट््याक्सी चालकले प्रहरीलाई खबर गरेको र प्रहरीले उनी सभासद् भएको जानकारी पाएपछि उनको बौद्धस्थित घरमा लगिदिएको थियो।
यस विषयमा नेता झासँग पटक-पटक सर्म्पर्क राख्दा पनि उनी र्सर्म्पकमा आउन चाहेनन्। नेता झाले प्रहरी प्रशासनलाई उक्त घटना र्सार्वजनिक नगरिदिन आग्रह गरेको थाहा भएको छ।
थप ५५ पक्राउ
प्रहरीले नयाँबसपार्क, पुरानोबानेश्वर, गौशालालगायतका स्थानमा सञ्चालित क्याबिन रेस्टुरेन्टमा छापामार्दा यौनजन्य क्रियाकलापमा संलग्न रहेका युवायुवतीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी उपरीक्षक केदार रिजालले जानकारी दिनुभयो साभार ः कुबेत नृपाल डटकम