-आर.बि.गाउले
कुबेतमा घरेलु कामदारको रुपमा नेपालीहरु भित्र्याउने नेपाली एजेन्ट र उसका मातहतका कर्मचारीहरुको भिसा नम्बर १८ बाहक हुनु पर्ने भनी नेपाली दुताबास कुबेतले सुचना जारी गरेको छ साथै सम्पूर्ण कर्मचारीहरु एजेन्सीको कफिलमा कफालत हुनु पर्ने पनि सुचनामा प्रस्ट पारीएको छ । एजेन्टहरुले कामदार भित्र्याउने क्रममा कुनै कामदारको राहदानी,नगरिता या अन्य कुनै पनि दुताबासमा देखाउनु पर्ने कागजजातमा थप घट गरी नक्कली रुपमा पेश गरिएको ठहरिएमा कडा भन्दा कडा सजाय हुने कुरा दुताबासले जानकारी गराएको छ। आगामी अगस्ट १ तारिख भित्रमा एजेन्टहरुले आफ्नो फिसा यदी खादिम(२० नम्बर)भएको भए यथाशिघ्र १८ नम्बरमा परिवर्तन गर्नु पर्ने छ नत्र कारोबार गर्न नदिइने पनि दुताबासले जारी गरेको सुचनामा खुलाइएको छ । कुबेतको तत्काल लागु भएको श्रम कानुन अनुसार खादिमबाट सुनमा परिवर्तन गर्न यही जुलाई १५ तारिख सम्म म्याद दिइेएको जनाएको छ । कुबेतमा झन्डै तीन सयको हाराहारीमा नेपालीहरुले एजेन्सी खुलेर बसेको अनुमान छ र उनीहरु मध्य कयौले खादिम भिसामा एजेन्सी सन्चालन गरीरहेका छन भने मातहतका कर्मचारीहरुको पनि खादिम भिसा रहेको जानकारहरु बताउछन । नेपालकुबेत मेनपावर एसोसियसनको मातहतमा नरहेका धेरै एजेन्टहरुको भिसा २० रहेको एसोसिएसनका एक प्रतीनिधीले बताए । नेपाल सरकारले खाडी रास्टमा नेपाली महिला कामदार खुल्ला गरे यता दैनिक रुपमा सयौ नेपाली महिला नेपाली बिमान स्थल प्रयोग गरेर उड्ने गरेका छन। बिगत केही महिना यता कुबेतमा पनि नेपाली महिलाहरु ओइरिने क्रम अत्याधिक छ । दुताबास खुले यता कुबेतमा नेपाली महिला भित्र्याउने काममा धेरै सुधार भएको कुरा एक समाजसेबी खुलेर बताउछन । दुताबासले सम्पूर्ण नेपाली तथा बिदेशी एजेन्टहरुलाई आफ्नो दाँयरा भित्र ल्याएर काम गरान शुरु गरी सकेको छ । दुताबास नहुँदा मनोमानी तबरबाट कामदार भित्र्याउने र अब्यब्स्थित तरिकाबाट नेपालीहरु तितरबितर हुने क्रम घट्दै गएको कुरा सबैबाट छुपेको छैन । साभार नेपाल कुबेत डटकम