
जेन्द्र सिँजापति, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष बासुदेव थापा लगायतले मन्तब्य राख्नुभएको थियो । पदस्थापन कार्यक्रमको अवसरमा रोटरी क्लवमा आवद्ध भए्र १ हजार डलर सहयोग गरे बापत रोटरी क्ल्व अफ लमजुङका इन्टरनेशनल सर्भिस डाइरेक्टर रो. रामकुमार श्रेष्ठले प्राप्त गर्नु भएको पल्पी ह्यारीस पुरस्कार, श्रेष्ठलाई प्रदान गरिएको थियो । यस्तै कार्यक्रममा रोटरी क्लवका नव सदस्य डा. रबि गुरुङलाई रोटरीको पिन प्रदान गरिएको थियो ।रोटरी क्लव अफ लमजुङले अन्तराष्ट्रिय रोटरी सञ्जाल तथा स्थानीय संघ सस्था संग आवद्ध रहेर विगत ६ वर्ष देखि लमजुङमा शैक्षिक क्षेत्र, लगाएत सामाजिक क्षेत्रमा स्वयंसेवी भूमिका निर्वाह गर्दै आएको छ । रोटरी क्लवको साथसाथै लमजुङमा रोटरीको युवा क्लव रोट्रयाक्ट क्लव पनि रहेको छ ।रोटरीको पदस्थापन कार्यक्रममा रोटरी क्लवका क्लब सर्भिस डाइरेक्टर दिपक बरालले स्वागत र इलेक्ट अध्यक्ष यादवबाबु श्रेष्ठले धन्यवाद मन्तब्य राख्नुभएको थियो ।