
व्यास-२ स्थित दोभान जैविक कृषि सहकारी संस्था लिमिटेडको सोमबार दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले विषादीरहित तरकारीको उत्पादन गर्न सके त्यसले मूल्य पनि राम्रो पाउने र स्वास्थ्यमा पनि फाइदा पुग्ने बताउनुभयो । संस्थाका अध्यक्ष प्रेमबहादुर रानाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनकुमार विक समाजसेवी यामबहादुर आले संस्थाकी उपाध्यक्ष नोमा थापालगायतले किसानलाई प्राङ्गारिक खेतीतर्फ अभिप्रेरित गर्न जैविक कृषि सहकार्यको स्थापना गरिएको बताउनुभयो ।
दुईसय नौजना सेयर सदस्य रहेको उक्त सहकारीको अधिकतम पुँजी रु ७४ लाख ८० हजार र चुक्ता पुँजी रु १४ लाख ९६ हजार रहेको संस्थाका लेखा संयोजक बलबहादुर आलेले बताउनुभयो । साभारः हाम्रो तनहुँ