Responsive Ad Slot

latest

दसैं आयो तिहार आयो..

Thursday, September 22

/ by Admin BHOLA THAPA
दसैं आयो तिहार आयो....??

दसैं आयो तिहार आयो भित्तो पोत्दै गर,
टिका मुछ्नु थाली भरी आउँदै छु म घर!

फूल्यो होला सयपत्री,चमेली र बेली,
भाईटीकामा मुस्कुराउदै आउछिन मेरी चेली!
साच्चै अब फर्कने दिन छैन मेरो पर,
टिका मुछ्नु थाली भरी आउँदै छु म घर!!

परदेशमा बसेपछी गाउघर भुल्यो भनी,
कुरा काट्न थाले होला साथी संगी पनि!
आपद बिपद पर्‍यो की त मनमा लाग्छ डर,
टिका मुछ्नु थाली भरी आउँदै छु म घर!!

फर्की आउछु सिगार्ने छु आफ्नै जन्मभुमी,
दु:ख सुख भोगी सके शहर बजार घुमी!
परदेशमा कसैको नि हुन्न रैछ भर,
टिका मुछ्नु थाली भरी आउँदै छु म घर!!
****************************
बिष्णु " निश्चल "
फुल्पिङ्कोट -२ सिन्धुपाल्चोक नेपाल
हाल:- कुबेत

Don't Miss
© all rights reserved
made with by netKUTI