चितवन असोज ८ गते चितवनमा हात्तिपाईले रोगको लक्षण नदेखिएको पुष्टि भएको छ । यही असोजको पहिलो साता यहाँ भएको सर्भेमा यस्तो प्रमाणीत भएको जिल्ला जनसवास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । पाँच पटकसम्म हात्तिपाईले विरुद्धको औषधि खुवाईसकिइको जिल्ला चितवनमा रोगको संक्रमण छ कि छैन भनेर पत्ता लगाउन सर्भे गरिएको थियो । सर्भेका लागि विभिन्न २५ वटा विद्यालय छनोट गरी प्रत्येक विद्यालयका कक्षा १ मा अध्ययनरत ७ वर्ष मुनिका प्रति विद्यालयका २० जना विद्यार्थीहरुको नमुना संकलन गरिएकोे कार्यक्रमका श्रोत व्यक्ति रामकुमार केसीले वताउनु भयो । उहाँका अनुसार यहाँ नमुनाको रुपमा ४ सय ३३ विद्यार्थीहरुको रगत संकलन गरी रोगको परिक्षण गरिएको समाचार तनहुँ खबर समाचारदात नारायण सापकोटा, जानकारी दिनु भएको छ ।