Responsive Ad Slot

latest

कार्यकर्ताको अनसनबीच काँग्रेस केन्द्रीय समितिको बैठक जारी

Tuesday, September 20

/ by Admin BHOLA THAPA
काठमाडौ, आश्विन ३ - भातृ संस्थाका नेता  कार्यकर्ताहरु परस्पर विपरित माग लिएर अनसन बसिरहेका बेला काँग्रेस केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो सुरु भएको छ ।

काँग्रेसमा भातृ संस्थाहरु केन्द्रीय समितिलाई भंग गर्ने वा नगर्ने भन्ने सम्बन्धमा काँग्रेसभित्र विवाद हुँदै गरेको बेला विवाद समाधानको लागि बैठक बस्न लागेको हो ।

नयाँ अधिवेशनको लागि भातृ संगठनहरुको कार्यसमिति भंग गरेर जाने स‌ंस्थापन पक्षको प्रस्ताव र नेता शेरबहादुर देउवा पक्षको बिरोधले गर्दा भातृ संगठनहरुको अधिवेशन तोकिन सकेको छैन ।

काँग्रेस केन्द्रीय कार्यालयको परिसरमा तरुण दलका अध्यक्ष महेन्द्र यादवलगायतका समुह भातृ संगठनको केन्द्रीय समिति बिघटन गर्न नहुने भन्दै सोमबारदेखि अमरण अनसनमा बसेका छन् भने तरुण दलकै सहअध्यक्ष विनोद कायस्थलगायतका समुह विघटनको पक्षमा रिले अनसन गरिरहेका छन् । यादव देउवा पक्षका हुन् भने कायस्थ संस्थापन पक्षका हुन् । 




साभारः इकान्तिपुर डटकम बाट

Don't Miss
© all rights reserved
made with by netKUTI