Responsive Ad Slot

latest

जग्गा दर्ता समस्या समाधान गर्न मन्त्रीलाई ज्ञापनपत्र

Friday, November 25

/ by Admin BHOLA THAPA
 तनहुँ,
 मंसिर ९-तनहुँ खैरेनीटार-८ भोटेपानी र शान्ति नगरका ७ सय घरधुरीले बसोबास जग्गाधनीको पुर्जा नपाएको भन्दै हक भोगको आधारमा नापी दर्ताका लागि भूमिसुधार तथा व्यवस्थामन्त्री भीमप्रसाद गौतमलाई ज्ञापनपत्र बुझाएका 

छन् । बिहीबार दमौली आएका भूमिसुधार मन्त्री गौतमलाई जग्गा दर्ता समस्या समाधान समितिका अध्यक्ष तेजविर गुरुङले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा २०५५ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी भूमिसुधार तथा व्यवस्था मन्त्रालय अन्तरगत तत्कालिन सांसद रामचन्द्र अधिकारीको अध्यक्षतामा गठन भएको समितिको कार्य क्षेत्र भित्र परेको नेपाल राजपत्रमा समितिको कार्यक्षेत्र भनि तोकिएकोमा माथि उल्लेखित अरु जग्गाहरु दर्ता भइसकेको र भोटेपानी र शान्ति नगरका जग्गा दर्ता हुने काम हुँदै गर्दा २०५६ को चुनावको कारणले स्थगित गरिएको उल्लेख गरिएको छ ।

सो जग्गामा वर्षौदेखि आफ्नै लगानीमा सात सय व्यक्तिका घर एक उच्च माध्यमिक विद्यालय दुई प्राथमिक विद्यालय थुप्रै उद्योगहरु र व्यापार व्यवसायहरु साचालनमा रहेका छन् ।

उक्त जग्गाहरु व्यवस्थित गरी दर्ता गर्ने प्रकि्रयामा विवाद नरहेको सम्बन्धित खैरेनीटार गाउँ विकास समिति जिल्ला स्तरीय सर्वदलीय संयन्त्र सबैको सहमति रहेको पत्रमा उल्लेख गरिएको छ । मन्त्री गौतमले यस विषयमा छिट्टै अध्ययन गरेर समस्याको समाधान गर्न पहल गर्ने बताए ।
Don't Miss
© all rights reserved
made with by netKUTI