दिपेन्द्रप्रसाद सिंह ,
जनकपुरधाम मंसिर १३ -जनकपुरमा आज त्रेतायुगमा भगवान राम र सीताको बैवाहिक कार्यक्रम भएको सम्झनामा स्यम्बर तथा विवाह कार्यक्रम हुदैछ । विवाह पञ्चमी महोत्सव अन्तर्गत आज दिउँसो १२ बजेपछि जनकपुरको रंगभुमि मैदान बाह« विगाहामा दुल्ही पक्ष जानकी मंदिरका महन्थ रामतपेश्वर दास बैष्णवले माता सीताको डोला सहित बाह«बिगाह आउनुहुनेछ भने दुल्हा पक्ष अयोध्याबाट राममन्दिरका महन्थ भगवान रामलाई डोलामा राखि स्यम्बरका लागि आउनु हुनेछ ।
स्यम्वर कार्यक्रममा आज लाखौ श्रद्धालुभक्तजनहरुले सहभागिता जनाउदै छन् । बिबाहसमारोहपछि संयुक्त रुपमा शोभा यात्राका साथ जनकपुरको नगरपरिक्रममा गर्दै जानकी मन्दिरमा पुग्ने कार्यक्रम छ । राम र जानकी मन्दिरलाई आकर्षक रुपमा सजाइएको छ । स्यम्बर र विवाह कार्यक्रम अवलोकनका लागि नेपालको विभिन्न ठाउँ सहित भारतका अयोध्याबाट लाखौको संख्यामा श्रद्धालुभक्तजनहरु जनकपुर पुगेका छन भने अहिले पनि विभिन्न ठाउँबाट श्रद्धालुहरु आउने क्रम जारी छ ।