रोल्पा,
मंसिर १३-रोल्पाको दहवनमा रहेको माओवादी लडाकुको पाचौँ डिभिजनमा लडाकुहरुको पुनबर्गिकरण कार्य आज सकिने भएको छ । सेना समायोजन बिशेष समिति अन्र्तगतको सचिवालयले हिजोसम्म बर्गिकरण सक्ने गरी काम थालेको भए पनि प्राबिधिक समस्याले गर्दा आज सकिने भएको डिभिजन सा्रेतले जनाएको छ ।
२ हजार ४ सय ३८ जना लडाकु रहेको पाचौँ डिभिजन रोल्पामा २ हजार १ सय २६ जना लडाकुहरुको बर्गीकरण सकिएको छ । बाँकी ३ सय १२ जना लडाकुहरुको बर्गीकरण आज सकिने छ ।