बैतडी,
मंसिर १३-बैतडीको पञ्चेश्वर गाविस ७ चम्ताडाकी १० बर्षीय बालिका सुनिता साँउदको बाघको आक्रमणबाट मृत्यु भएको छ । आफ्नै घर नजिकको जंगलमा घास काट्दै गरेकी बालिका साउदको घाटीमा बाघले आक्रमण गरेपछि मृत्यु भएको बालिकाको परिवारले बताएका छन् स्थानिय भुमिराज निमाबी सल्ला धामकुडीमा कक्षा २ मा अध्ययनरत बालिका साउदको बाघको आक्रमणबाट घट्ना स्थलमै मृत्य भएको स्थानिय शिक्षक शिबसिहं साउदले जानकारी दिएका छन ।
यसैबीच बैतडी जिल्लाको नागार्जुन गाविस २ बर्तोलीमा हिजो भालुको आक्रमणबाट एक जना महिला गम्भीर घाइते हुनु भएको छ । ६८ बर्षिय कृष्णा भण्डारी घर नजिकैको झाडीमा आगन बढार्ने कुच्चो काट्दै गरेका बेला एक्कासि दुईवटा भालुले आक्रमण गरेको घाईतेका आफ्न्तले बताएका छन् ।