Responsive Ad Slot

latest

दलहरुबीच ६ बुदे सहमति, ६ महिना म्याद थपिने ।।

Tuesday, November 29

/ by Admin BHOLA THAPA
नारयण सापकोटा
काठमान्डौ मंसिर १३ दलहरुबीच संविधानसभाको म्याद ६ महिना थप्ने सहमति भएको छ । प्रमुख तीनदल र मधेसी मोर्चाको आज बिहान बसेको बैठकले संविधानसभाको म्याद ६ महिना थप्ने निर्णय सहित ६ बुदे सहमति गरेको हो । ४ सदस्यीय कार्यदलले तयार पारेको कार्यतालिका अनुमोदन गर्दै दलहरुले मंसिर अन्त्यसम्म शान्ति प्रक्रिया टुङ्गो लगाउने सहमति गरेका छन् ।

 बैठकमा दलहरुबीच भएको सातबुदे सहमति जस्ताकोत्यस्तै कार्यान्वयनमा लैजाने सहमति पनि भएको छ । बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणको कार्यतालिका संवैधानिक समितिलाई बनाउन जिम्मा दिने र दलहरुबीचमा निरन्तर छलफल गरेर सातबुदे सहमति कार्यान्वयन गर्ने सहमति भएको जानकारी दिएका छन ।

सर्वोच्च अदालतको फैसलालाई मध्यनजर गरेर संविधानसभाको म्याद ६ महिना थप्ने सहमति भएको माओवादी सचिव पोष्टबहादुर वोगटीले जानकारी दिएका छन ।  दलहरुको सहमति अनुसार आजै संसदबाट संविधानसभाको म्याद ६ महिना थपिनेछ । दलहरुबीच अविलम्ब राष्ट्रिय सरकार गठन गर्ने पनि सहमति भएको छ । ६ बुदे सहमतिमा राज्यपुनर्संरचना बारेको प्रतिवेदन पाएको दुईमहिनामा काम सक्ने पनि सहमति भएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI