काठमाडौ, मंसिर १३ -सोलुको लोबुचे भन्ने ठाउँमा आज दिउँसो फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा भएपनि हेलिकप्टरमा रहेका एकजना चालक र एकजना बिरामी भने सुरक्षित छन् ।
बिरामी ( अष्ट्रेलियन नागरिक) लिन हेलिकप्टर त्यता गएको हो । सगरमाथा क्षेत्रबाट बिरामी लिएर उडेको हेलिकप्टर उड्ने बेलामै दुर्घटना भएको फिस्टेल एयरले जनाएको छ ।