Responsive Ad Slot

latest

बेदव्यासको शालिक बनाउन महायज्ञ (फोटो फिचर)

Tuesday, November 29

/ by Admin BHOLA THAPA




समुन्द्र पौडेल
तनहूँ मंसिर १३
मञ्चमा अासिन प्रमुख अतिथी, अतिथि सहित अागन्तुक पाहुना ।
महर्षी बेदव्यासको पूर्णकदको शालिक निर्माण गर्न मंगलबारदेखी तनहुँको दमौलीमा महायज्ञ शुरु गरिएको छ । व्यास क्षेत्र शिव पााचायान मन्दिर संरक्षण समिति तनहूँले बेदव्यासको पूर्ण कदको शालिक निर्माण गर्न महायज्ञको आयोजना गरेको हो ।

महाभारतका रचयिता बेदव्यासको जन्मथलो तनहुँको व्यास गुफा र मादीसेती नदीको दोभान क्षेत्रलाई धार्मिक तिर्थस्थलको रुपमा विकास गर्ने व्यासगुफा परिसरमा बेदव्यासको पूर्णकदको शालिक निर्माण गर्न लागिएको समितिका संयोजक देवनिधी पन्तले बताए ।


महायज्ञको उद्घाटन गर्दै प्रमुख अतिथी किशोर गौतम ।
करिब २० करोडको लागतमा निर्माण गर्न लागिएको १०८ फिट उचाईको बेदव्यासको तामाको शालिकका लागि रकम संकलन गर्न महायज्ञको आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक मदन पण्डितले बताए । महायज्ञमा ३ करोड रुपैया संकलन हुने आयोजकले अपेक्षा राखेको छ ।
अट्टार पुराणका प्रवक्ता बालव्यास नारायणकृष्ण चरणामृतको मुखारबिन्दुमा मंगलबारदेखी शुरु भएको महायज्ञ २१ गतेसम्म संचालन हुनेछ । महायज्ञको पुर्वसन्ध्यामा सोमबार दमौली बजारमा कलशयात्राको समेत आयोजना गरिएको थियो ।
-यालीमा समावेश भएको बेदव्यास र परासरको झाकी ।
महायज्ञको मंगलबार उद्घाटन गर्दै व्यास आश्रम गौरीघाट काठमाण्डौका धर्मगुरु व्यासचार्य किशोर गौतमले प्रचारप्रसारको अभावमा वेदव्यास जन्मभूमी ओझेलमा परेको भन्दै वेदव्यास र व्यासगुफालाई अन्तराष्ट्रिय स्तरसम्म पुर् याउनुपर्ने बताए ।
मंगलबार कलशयात्राका सहभागी ।
महायज्ञको उद्घाटनका अबसरमा बाल गुरु योगीस जी महाराज शान्ति स्वरुपानन्द दामोदर बाबा नेकपा एमालेका सचिव विद्या ढकाल काग्रेसका सचिव सहदेव अधिकारी पूर्व मन्त्री दुर्गा श्रेष्ठ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेल स्थानीय विकास अधिकारी छविलाल रिजाल वेदव्यासको विषयमा खोज पुस्तकका रचयिता काशीनाथ न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
महायज्ञमा कर्ता बस्दै सवर्साधारणा ।

भजनमा नाचगान गर्दै स्थानीय बासिन्दा ।
स्वस्तीबाचन गर्दै ब्राह्मणाहरू ।
महायज्ञको त्रफममा मंगलबार कलशयात्राक सहभागीहरू ।
Don't Miss
© all rights reserved
made with by netKUTI