Responsive Ad Slot

latest

प्रधानमन्त्रीसहितको टोली लडाकु शिविरमा ।।

Wednesday, November 30

/ by Admin BHOLA THAPA

काठमान्डौ
मंसिर १४-प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा राजनीतिक दलका नेताहरुको टोली आज माओवादी लडाकुहरुको शिविर निरीक्षणका लागि गएको छ । नेपाली सेनाको हेलिकप्टरबाट बिहान साढे ७ बजेपछि प्रधानमन्त्रीसहित एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लडाकु रेखदेख पुनःस्थापना तथा समायोजन विशेष समितिका सदस्यहरु शिविर निरीक्षणका लागि गएका हुन् ।

 टोली कैलालीको तालबन्द, रोल्पाको दहवन चितवनको शक्तिखोरलगायतका शिविरमा जाने कार्यक्रम छ । शिविर निरीक्षणका क्रममा केही माओवादी लडाकुहरुमा देखिएको असन्तुष्टि, स्वेच्छिक अवकास जानेहरुलाई दिने रकमलगायतका विषयमा स्पष्ट पार्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री नेतृत्वको दलहरुको अधिकांस शिविरमा माओवादी लडाकुको पुनर्वर्गीकरण सकिएको छ, भने कैलाली र सुर्खेतमा पनि अन्तिम चरणमा पुगेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI